शनिबार, ०७ असार २०८२
ताजा लोकप्रिय
टी–ट्वान्टी त्रिकोणात्मक सिरिज

स्कटल्यान्डलाई हराउँदै सिरिज जित्ने लक्ष्यमा नेपाल

शुक्रबार, ०६ असार २०८२, १० : १८
शुक्रबार, ०६ असार २०८२

समाचार सारांश

  • नेपाली क्रिकेट टोलीले स्कटल्यान्डसँगको टी-२० त्रिकोणात्मक सिरिजको अन्तिम खेल खेल्दैछ।
  • नेपालले सिरिज जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्नेछ, जसमा २ खेल जितेर शीर्ष स्थानमा छ।
  • स्कटल्यान्डले पनि जितका लागि प्रयास गर्नेछ, किनभने उनीहरू तालिकामा पछाडि छन्।

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्ड टी–ट्वान्टी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज आयोजकसँग प्रतिस्पर्धा गर्दैछ । 

स्कटल्यान्डमा हुने नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ । नेपाल सिरिजको अन्तिम खेलमा जित निकाल्दै सिरिज आफ्नो पक्षमा बनाउने योजनामा हुनेछ । 

सिरिजमा नेपाल ३ खेल खेल्दै दुई खेलमा जित निकालेर तालिकाको शीर्ष स्थानमा छ । आजको खेलमा जित निकालेमा नेपालले सिरिज जित्नेछ । यता स्कटल्यान्ड ३ खेल खेल्दै एक खेलमा जित निकालेर २ अंक सहित तालिकाको पुछारमा छ । 

सिरिज जित्नका लागि दुबै टोलीलाई आजको खेलमा जित निकाल्न आवश्यक छ । सिरिज अन्तर्गत नेदरल्यान्ड्स ४ खेल खेल्दै ४ अंकका साथ दोस्रो स्थानमा छ । 

सिरिजमा नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई २ विकेट र तेस्रो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको थियो । 

ICC CWC League 2, 2023-27 ICC CWC League 2, 2023-27

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप