स्कटल्यान्डलाई हराउँदै सिरिज जित्ने लक्ष्यमा नेपाल
सारांश
- नेपाली क्रिकेट टोलीले स्कटल्यान्डसँगको टी-२० त्रिकोणात्मक सिरिजको अन्तिम खेल खेल्दैछ।
- नेपालले सिरिज जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्नेछ, जसमा २ खेल जितेर शीर्ष स्थानमा छ।
- स्कटल्यान्डले पनि जितका लागि प्रयास गर्नेछ, किनभने उनीहरू तालिकामा पछाडि छन्।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्ड टी–ट्वान्टी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज आयोजकसँग प्रतिस्पर्धा गर्दैछ ।
स्कटल्यान्डमा हुने नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ । नेपाल सिरिजको अन्तिम खेलमा जित निकाल्दै सिरिज आफ्नो पक्षमा बनाउने योजनामा हुनेछ ।
सिरिजमा नेपाल ३ खेल खेल्दै दुई खेलमा जित निकालेर तालिकाको शीर्ष स्थानमा छ । आजको खेलमा जित निकालेमा नेपालले सिरिज जित्नेछ । यता स्कटल्यान्ड ३ खेल खेल्दै एक खेलमा जित निकालेर २ अंक सहित तालिकाको पुछारमा छ ।
सिरिज जित्नका लागि दुबै टोलीलाई आजको खेलमा जित निकाल्न आवश्यक छ । सिरिज अन्तर्गत नेदरल्यान्ड्स ४ खेल खेल्दै ४ अंकका साथ दोस्रो स्थानमा छ ।
सिरिजमा नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई २ विकेट र तेस्रो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण