राहत केन्द्रनजिकै इजरायली आक्रमणमा २३ जनाको मृत्यु
शुक्रबार, ०६ असार २०८२, ११ : ३४

समाचार सारांश
- गाजा पट्टीमा इजरायली सेनाको गोलीबारीमा कम्तीमा २३ जनाको मृत्यु भएको छ।
- राहत सामग्रीको लागि पर्खिरहेका प्यालेस्टिनीहरू इजरायली आक्रमणमा मारिएका छन्।
- इजरायली सेनाले घटनाबारे आधिकारिक बयान दिएको छैन, तर यसअघि चेतावनीका लागि गोली चलाउने बताएको थियो।
गाजापट्टी । बिहीबार राति राहत सामग्री वितरण केन्द्रहरू नजिकै इजरायली सेनाले गरेको गोलीबारीमा कम्तीमा २३ जनाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । ‘राहत सामग्रीको लागि पर्खिरहेका प्यालेस्टिनीहरू लगभग हरेक दिन इजरायली आक्रमणमा मारिएका छन्’ गाजाका अधिकारीहरूले भने ।
हालैका घटनामाथि इजरायली सेनाले कुनै आधिकारिक बयान दिएको छैन । यसअघि, इजरायली सेनाले चेतावनीको लागि मात्र गोली चलाउने बताएको थियो । गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, गत महिनाको अन्त्यदेखि राहत सामग्री लिन भेला भएका ४०० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष तीन दलबिचको बैठकमा के भयो छलफल ?
-
चीन–दक्षिण एसिया प्रदर्शनीमा नेपालीहरूको उल्लेख्य सहभागिता
-
विपद् जोखिम न्यूनीकरणको तयारीमा लाग्न प्रचण्डको आग्रह
-
इजरायल–इरान युद्ध : नेपालीहरूको सुरक्षा र उद्धारका विषयमा छलफल
-
बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक
-
नेपालीहरूको उद्धार गर्न परराष्ट्र मन्त्रालयमा युनिट बनाइने