राहत केन्द्रनजिकै इजरायली आक्रमणमा २३ जनाको मृत्यु
शुक्रबार, ०६ असार २०८२, ११ : ३४
सारांश
- गाजा पट्टीमा इजरायली सेनाको गोलीबारीमा कम्तीमा २३ जनाको मृत्यु भएको छ।
- राहत सामग्रीको लागि पर्खिरहेका प्यालेस्टिनीहरू इजरायली आक्रमणमा मारिएका छन्।
- इजरायली सेनाले घटनाबारे आधिकारिक बयान दिएको छैन, तर यसअघि चेतावनीका लागि गोली चलाउने बताएको थियो।
गाजापट्टी । बिहीबार राति राहत सामग्री वितरण केन्द्रहरू नजिकै इजरायली सेनाले गरेको गोलीबारीमा कम्तीमा २३ जनाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । ‘राहत सामग्रीको लागि पर्खिरहेका प्यालेस्टिनीहरू लगभग हरेक दिन इजरायली आक्रमणमा मारिएका छन्’ गाजाका अधिकारीहरूले भने ।
हालैका घटनामाथि इजरायली सेनाले कुनै आधिकारिक बयान दिएको छैन । यसअघि, इजरायली सेनाले चेतावनीको लागि मात्र गोली चलाउने बताएको थियो । गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, गत महिनाको अन्त्यदेखि राहत सामग्री लिन भेला भएका ४०० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण