मस्तिष्कले आफैँ मेटाइदिन्छ नराम्रो स्मृति ?
सारांश
- वैज्ञानिक अध्ययनले मानिसहरू जानाजानी आफ्नो दिमागबाट केही कुरा मेटाउन सक्ने देखाएको छ।
- मस्तिष्कले नचाहिने सम्झनाहरू मेटाउन जानकारीलाई दबाउँछ, जसरी कम्प्युटरबाट फाइल मेटिन्छ।
- यो अध्ययनले मानसिक स्वास्थ्य समस्याहरू, जस्तै डिप्रेसन र चिन्ता, बुझ्न मद्दत गर्न सक्छ।
काठमाडौँ । हामी सबैको जीवनमा केही न केही घटना घटिरहेका हुन्छन् । यी क्षणहरूमा केही यस्ता हुन्छन् जुन मानिसहरू आफ्नो सम्पूर्ण जीवनभर सम्झन चाहन्छन् । तर केही भने यस्ता पनि हुन्छन् कि जसलाई हामी छिटै बिर्सन चाहन्छौँ ।
केही सुन्दर क्षण वा विशेष सम्बन्धसँग सम्बन्धित सम्झनाहरू सधैँ सम्झनामा रहन्छन् । प्रश्न यो हो कि दिमागले जीवनभर राम्रा सम्झनाहरू कसरी सम्झन्छ र नराम्रा सम्झनाहरू कसरी मेटाउँछ ? तपाईँको दिमागमा पनि कहिल्यै यस्तो प्रश्न उठेको थियो कि ? दिमागले केही सम्झनाहरू कसरी मेटाउने प्रयास गर्छ भनेर वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।
के भन्छ अध्ययन ?
व्यक्तिले जानाजानी आफ्नो दिमागबाट केही चीजहरू मेटाउन सक्ने योर्क विश्वविद्यालय र अन्य संस्थाका वैज्ञानिकहरूले एक अध्ययनमा पत्ता लगाएका छन् । यस सम्पूर्ण प्रक्रिया वर्किङ्ग मेमोरीमा हुन्छ । यो त्यस्तो मेमोरी हो जुन हामीले केही चिज थोरै समयको लागि सम्झन प्रयोग गर्छौ ।
मस्तिष्कले कसरी काम गर्छ ?
जब तपाईं केही बिर्सन खोज्नुहुन्छ, मस्तिष्कले त्यो चीजसँग सम्बन्धित सबै जानकारीलाई दबाउँछ । यसलाई अझ सरल भाषामा भन्दा यो कम्प्युटरबाट हामीले नचाहिएको फाइल मेटाए जस्तै हो । त्यो मेमोरी पूर्ण रूपमा गायब हुँदैन, तर यसबारे सम्झना आउँदैन ।
वैज्ञानिकहरूले ३० जनालाई केही कुराहरू सम्झन र त्यसपछि बिर्सन भने । यसपछि, तिनीहरू सबैको मस्तिष्क गतिविधि रेकर्ड गरियो । ईर्यजी नामक प्रविधि प्रयोग गरेर मस्तिष्कले कसरी काम गरिरहेको छ भनेर यो कुरा मापन गरिएको थियो । यस क्रममा जब मानिसहरूले केही बिर्सने प्रयास गर्छन्, मस्तिष्क सक्रिय रूपमा त्यसमा संलग्न हुने गरेको पाइयो ।
मानसिक स्वास्थ्यको सन्दर्भमा यो अनुसन्धान धेरै महत्त्वपूर्ण छ । मस्तिष्कले नराम्रो सम्झनाहरू कसरी हटाउँछ भनेर हामीले बुझ्न सक्यौँ भने डिप्रेसन, चिन्ता र नराम्रो विचारहरूसँग व्यवहार गर्ने राम्रो तरिकाहरू फेला पार्न सक्नेछौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण