प्रतिनिधिसभा बैठक रास्वपाले पनि गर्यो बहिस्कार
शुक्रबार, ०६ असार २०८२, १२ : २९
काठमाडौँ । सङ्घीय सदन प्रतिनिधि सभाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि बहिस्कार गरेको छ । सभामा बजेटमाथि मन्त्रालयगत छलफल सुरु भएसँगै सो पार्टीले बैठक बहिस्कार गरेको हो ।
त्यसअघि रास्वपाका सबै सांसदहरूले कालो वस्त्र लगाएर विरोध जनाएका थिए । रास्वपाको विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदसँग प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।
रास्वपाका सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुराको सुनुवाइ पनि नहुने भएकोले बैठक बहिस्कार गरिएको प्रतिक्रिया दिएका छन् ।
यसअघि बजेटमाथिको छलफल कार्यक्रम राप्रपाले बहिस्कार गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण