माओवादीको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित
सारांश
- माओवादी केन्द्रको अवरोधका कारण गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ।
- बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ।
पोखरा । नेकपा माओवादी केन्द्रको अवरोधपछि शुक्रबार गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक ३० मिनेटका लागि स्थगित भएको हो ।
बजेटमा जनयुद्धका घाइते, अपाङ्गता भएका, सहिद तथा बेपत्ताको विषयमा सरकार गम्भीर नभएको भन्दै सो पार्टीले संसद्मा अवरोकध गरेको हो ।
‘हाम्रो दलको नेताले विशेष समय मागेर, हामीले पनि निरन्तर केही विषयको उठान गर्यौँ । अर्थमन्त्रीको जवाफ सम्म आइपुग्दा सरकारले हाम्रा कुरालाई गम्भीरताका साथ लिने छ र सम्बोधन गर्नेछ भन्ने लागेको थियो,’ पूर्वमन्त्री समेत रहेका सांसद रेशम जुग्जालीले भने, ‘सहिद, बेपत्ता, घाइते, अपाङ्ग र उहाँहरूको परिवारलाई न त नीति कार्यक्रमले सम्बोधन गर्यो, न त बजेट वक्तव्यले । आर्थिक विधेयकले त राज्यबाट पाइने सुविधा समेत कटौती गर्यो । निरन्तर हिसाबले यो कुराहरू राख्दै आयौँ । नीति कार्यक्रममा न्यायिक बजेट वितरणको कुरा गरेको थियो, हामीले रेड बुक हेर्दा कहिँ पनि देखिएन ।’
यस्तै, सडक ऐनमा पास भएअनुसार सडक मर्मतको व्यवस्था नगरिएको माओवादीको आरोप छ । ‘हामीले सडक ऐन पास गर्यौँ, ऐनमा सडकमा छुट्टिएको पुँजीगत बजेटको ३ प्रतिशत बजेट मर्मत सम्भारमा राख्ने भनेको थियो,’ उनले अघि भने, ‘त्यसलाई लत्त्याएर ऐनमा पास गरेको कुरा बजेटले बोलेको छैन । अर्थ मन्त्रालयले सम्बोधन नगरेसम्म यो सदन चल्न सक्दैन ।’
माओवादी तर्फका सांसदहरूले जनयुद्धका पीडितहरूले न्याय नपाएको भन्दै रोष्ट्रमबाटै गुनासो पोख्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण