बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने

शुक्रबार, ०६ असार २०८२, १५ : ४०
शुक्रबार, ०६ असार २०८२

सारांश

  • नेपाल स्पोर्ट सेन्टर (नेकोस) ले हेटौँडामा राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता आयोजना गर्दैछ।
  • प्रतियोगितामा भलिबलतर्फ ६ टिम र स्केटिङतर्फ १५० जना खेलाडी सहभागी हुनेछन्।
  • प्रतियोगिताको उद्घाटन हेटौँडा उपमहानगरपालिका प्रमुखले गर्नेछन्, र करिब ८० लाख खर्च हुने अनुमान गरिएको छ।

हेटौँडा । नेपाल स्पोर्ट सेन्टर नेकोसले राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । 

शुक्रबार हेटौँडामा पत्रकार सम्मेलन गरी नेकोसले शनिवारदेखि बृहत् नेकोस खेलकुद महोत्सव अन्तर्गत बागमती प्रदेशको राजधानी हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।

 नेपालको खेल क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको दुवै प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । 

भलिबल प्रतियोगितालाई नेपाल स्पोर्ट सेन्टर आफैले र स्केटिङ प्रतियोगितालाई नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले संयोजन गर्ने नेकोसका अध्यक्ष अनिल कुमार रिजालले जनाए । रिजालका अनुसार लिग कप नकआउट अन्तर्गत भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डाइमण्ड युथ स्पोट्र्स क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका गरी ६ वटा महिला खेलाडी टोली सहभागी हुनेछन् । 

त्यस्तै स्केटबोर्ड प्रतियोगितामा देशभरका १२ वर्षमुनिका महिला र पुरुष तथा १२ वर्षमाथिका महिला र पुरुष गरी ४ विधामा १५० जना खेलाडीको सहभागिता रहनेछ । 

महिला भलिबलको असार ७ गते शनिबार दिउँसो ३ बजे हुप्राचौरस्थित भलिबल ट्रेनिङ सेन्टरमा र स्केटबोर्ड असार ८ गते आइतबार बिहान ७ बजे हेटौँडा स्थित पुष्पलाल रोडको स्केटिङ पार्कममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाबाट उद्घाटन गरिनेछ । 

 महिला भलिबल प्रतियोगितामा प्रथम पुरस्कार नगद ५ लाख, द्वितीय ३ लाख, तृतीय १ लाख, सान्त्वना ५१ हजार रहनेछ । त्यस्तै प्रत्येक खेल विधामा नगद ५ हजार प्रदान गरिनेछ । 

त्यस्तै स्केटबोर्ड प्रतियोगितामा प्रथम पुरस्कार १० हजार, द्वितीय ५ हजार र तृतीय ३ हजार रहेको छ । अध्यक्ष रिजालका अनुसार दुवै प्रतियोगितामा करिब ८० लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगिताको समापन समारोह असार ११ गते हेटौँडाको हुप्राचौरमा हुने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप