७७ प्रतिशतले निर्यात बढे पनि देशको व्यापार घाटा १४ खर्ब पुग्यो
सारांश
- चालु आर्थिक वर्षको ११ महिनामा निर्यात ७७ प्रतिशत र आयात १३ प्रतिशतले बढेको छ। व्यापार घाटा बढेर झन्डै १४ खर्ब पुगेको छ।
- सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ भने पाम तेल तथा प्रशोधित तेलको निर्यात भएको छ।
- वैदेशिक व्यापार १८.८० प्रतिशतले बढेको छ, जसले गर्दा व्यापार घाटा बढेको छ।
काठमाडौँ । चालु वर्षको ११ महिना (जेठ मसान्तसम्म) को अवधिमा निर्यात ७७ प्रतिशत र आयात १३ प्रतिशतले बढेको छ । शुक्रबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।
आयात निर्यात बढेसँगै वैदेशिक व्यापार बढेको छ भने देशको व्यापार घाटा बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को जेठसम्ममा १८ खर्ब ९२ अर्ब ३६ करोड बराबरको वैदेशिक व्यापार भएको छ ।
यो अघिल्लो वर्षको तुलनामा १८.८० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो । देशको व्यापार घाटा करिब १४ खर्ब पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा १३ खर्ब बराबर रहेकोमा ६.३० प्रतिशतले वृद्धि हुँदा देशको व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड बराबर पुगेको छ ।
कुल वैदेशिक व्यापारमध्ये १६ खर्ब ४४ अर्ब ७९ करोड बराबरको वस्तु आयात भएको छ भने २ खर्ब ४७ अर्ब ५७ करोड बराबरको वस्तु निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको तुलनामा ७७.७७ प्रतिशतले निर्यात बढेको छ भने १३.१५ प्रतिशतले आयात बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँको आयात हुँदा १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको निर्यात भएको थियो ।
सबैभन्दा धेरै आयात हुनेमा पेट्रोल
सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ, खाने तेल, बोइलिङ मेशिन, इलेक्ट्रिकल मेशिन, सवारीसाधन,फलाम तथा फलामजन्य वस्तु आयात भएको देखिन्छ । २ खर्ब ९५ अर्ब ९३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । दोस्रोमा १ खर्ब ५० अर्ब ८७ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु आयात भएको छ ।
यसैगरी १ खर्ब ३८ अर्ब ५४ करोड रुपैयाँको खाने तेल, पामतेल तथा प्रशोधित तेल आयात भएको छ । १ अर्ब १२ अर्ब ८० करोड रुपैयाँको बोइलर मेशिनरी, १ खर्ब ४ अर्ब ८१ करोड रुपैयाँको इलेक्ट्रिकल मेशिनरी,१ खर्ब १अर्ब ६२ करोड बराबरको सवारी साधन तथा पार्टपुर्जा आयात भएको तथ्याङ्कमा उल्लेख छ ।
१ खर्बको खाने तेल निर्यात
सो अवधिमा १ खर्ब ७ अर्ब ६८ करोड रुपैयाँको पाम तेल तथा प्रशोधित तेल निर्यात भएको छ । २६ अर्ब ४८ करोड रुपैयाँको धागो,१३ अर्ब ३ करोडको तयारी कपडा, १२ अर्ब ४४ करोडको चियाकफी र मसलाजन्य वस्तु निर्यात भएको छ । ११ अर्ब १५ करोड रुपैयाँको गलैँचा, ८ अर्ब ५९ करोड रुपैयाँको काठ तथा काठजन्य वस्तु, ७ अर्ब ५१ करोड रुपैयाँको पशुजन्य आहार, ७ अर्ब २६ करोडको फलफूलका बोट बिरुवा निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण