बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

शनिबार, ०७ असार २०८२, १२ : १९
शनिबार, ०७ असार २०८२

सारांश

  • सर्लाहीको बरहथवामा बाटो विस्तारको क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ।
  • बाटो चौडा गर्ने विषयमा विवाद भएपछि स्थानीयले ढुङ्गामुढा गरे, जसका कारण प्रहरीले बाध्य भएर गोली चलाउनुपर्‍यो।
  • झडपमा प्रहरी निरीक्षकसहित चार जना घाइते भएका छन्, र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।

सर्लाही । सर्लाहीमा बाटो चौडा गर्ने विषयमा भएको विवादमा प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ । 

सर्लाहीको बरहथवा नगरपालिका–४ खैराटोलमा शनिबार बिहान बाटो विस्तारको क्रममा स्थानीयवासी र प्रहरीबिच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो ।

मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार बाटो चौडाइको क्रममा केही स्थानीयले विरोध जनाउँदै ढुङ्गा मुढा गरेपछि प्रहरीले बाध्य भएर ब्ल्याङ्क फायर गरेको हो।

झडपका क्रममा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दिवाकर गणेशसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जना सर्वसाधारण रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार झडपमा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको छ । उक्त क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप