रौतहटमा करेन्ट लागेर युवकको मृत्यु
शनिबार, ०७ असार २०८२, १२ : ३३
सारांश
- रौतहटको फतुवा विजयपुर नगरपालिकामा खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर २२ वर्षीय युवकको मृत्यु भएको छ।
- मृतक सावल कुशवाहाले विद्युत् पोलबाट तार जोड्ने प्रयास गर्दा करेन्ट लागेको थियो र घटनास्थलमै मृत्यु भयो।
- प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि पठाइएको छ र घटनाको थप अनुसन्धान भइरहेको छ।
रौतहट । रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिकामा गएराति आफ्नै खेतमा पानी तान्ने मेसिनबाट करेन्ट लाग्दा रामदासी गाउँका २२ वर्षीय सावल कुशवाहाको मृत्यु भएको हो ।
उनको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र प्रसाद यादवले जानकारी दिए । शुक्रबार राति आफ्नै खेतमा पानी तान्न उनले विद्युत् पोलबाट तार जडान गर्ने प्रयास गर्दा करेन्ट लागेको थियो । उनको घटना स्थलमै मृत्यु भएको इन्स्पेक्टर यादवले जानकारी दिएका छन् ।
मृतकको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण