कास्कीमा कांग्रेसको प्रशिक्षण कार्यक्रम
शनिबार, ०७ असार २०८२, १२ : ४२
सारांश
- नेपाली कांग्रेस कास्कीले पोखरामा प्रशिक्षण कार्यक्रम आयोजना गर्यो, जसमा एक सयभन्दा बढी नेताहरूको सहभागिता थियो।
- प्रशिक्षण कार्यक्रममा वर्तमान राजनीतिक अवस्था र नेपाली कांग्रेसको भूमिकाबारे छलफल भयो, जसमा डा. यमनाथ तिमिल्सिना र प्रेम प्रसाद शर्माले प्रशिक्षण दिए।
- कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई बलियो बनाउन प्रशिक्षणको महत्त्वबारे प्रकाश पारे।
पोखरा । नेपाली कांग्रेस प्रशिक्षण शाखा कास्कीले शनिवार प्रशिक्षण कार्यक्रम गरेको छ । पोखरा चिप्लेढुङ्गा स्थित पार्टी कार्यालयमा आयोजित वर्तमान राजनीति अवस्था र नेपाली कांग्रेसको भूमिका विषयक प्रशिक्षण कार्यक्रममा एक सय बढी अगुवा नेताको सहभागिता रहेको थियो ।
जिल्ला, क्षेत्र, प्रदेश र पालिकाका पदाधिकारीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको कास्की कांग्रेसका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । कार्यक्रममा डा. यमनाथ तिमिल्सिना र प्रेम प्रसाद शर्माले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई मजबुत र सशक्त बनाउन नेता तथा कार्यकर्ताका लागि समयानुकूल प्रशिक्षण आवश्यक पर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण