प्रचण्ड र विप्लवबिच भेटवार्ता, के–के भयो कुराकानी ?
सारांश
- नेकपा महासचिव विप्लव र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भयो, जसमा पछिल्लो राजनीतिक अवस्था र मोर्चाबारे छलफल भयो।
- विप्लवले दुई पार्टीबीच तत्काल एकताको सम्भावना नभए पनि वामपन्थी शक्तिहरूबीच संयुक्त मोर्चा बनाएर अघि बढ्न सकिने बताए।
- भेटमा जनताका आवश्यकता र साम्राज्यवादी देशका युद्धको विरोधमा संयुक्त कार्यक्रम गर्ने प्रस्ताव गरियो।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच शनिबार भेटवार्ता भएको छ । महासचिव विप्लव अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका हुन् ।
आजको भेटमा दुई नेताबिच पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता, समाजवादी मोर्चा लगायतका विषयमा छलफल भएको विप्लवले रातोपाटीलाई जानकारी दिए । छलफलमा महासचिव विप्लवले दुई पार्टीबिच तत्काल एकताको सम्भावना नरहे पनि विभिन्न मोर्चामा सहकार्य गरेर अघि बढ्न सकिने बताएका थिए ।
‘एकताका लागि तत्काल आधार तयार नभए पनि वामपन्थी शक्तिहरू बिच संयुक्त मोर्चा बनाएर अघि बढ्न सकिन्छ,’ विप्लवले प्रचण्डलाई भनेका थिए । उनले जनताको तात्कालिक आवश्यकता तथा जनजीविका सवालमा संयुक्त कार्यक्रमहरू गर्न प्रस्ताव गरेका थिए ।
त्यस्तै, साम्राज्यवादी देशहरूले सुरु गरेको युद्धको विषयमा संयुक्त रूपमा विरोध कार्यक्रमहरू आयोजना गर्नका लागि प्रस्ताव गरिएको महासचिव विप्लवले रातोपाटीलाई जानकारी दिए ।
विप्लवले आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । यसअघि उनले शुक्रबार सो पार्टीका सम्मानित नेता झलनाथ खनालसँग छलफल गरेका थिए । छलफलमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण