छानबिन समिति बनाउन एक महिना कुर्न हुँदैन : सांसद मोदी
सारांश
- माओवादी केन्द्रका सांसद अमनलाल मोदीले भिजिट भिसा प्रकरणमा छानबिन गर्न एक महिना कुर्न नहुने बताए।
- उनले गृहमन्त्री रमेश लेखकको बारेमा प्रश्न उठेको र छानबिन समिति बनाउनुपर्ने बताए।
- मोदीले गृह प्रशासनमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न छानबिन आवश्यक रहेको बताए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न छानबिन समिति बनाउन एक महिना कुर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले गृहमन्त्री रमेश लेखकको बारेमा भिजिट भिसा प्रकरण प्रश्न उठेको भन्दै यसबारेमा छानबिन समिति बनाउन एक महिना कुर्न नहुने बताए । उनले त्यसअघि नै छानबिन समिति बनाएको खण्डमा गृहमन्त्रीमाथि लागेको आरोपबारे पनि अनुसन्धान भई संसद् सुचारु हुन सहज हुने बताए ।
उनले भने, ‘गृहमन्त्रीज्युको बारेमा गम्भीर प्रश्न उठेको छ । यसमा भिजिट भिसाको सम्बन्धमा आज देखिरहनुभएको छ । सरुवा, बढुवा प्रणालीमा पनि जुनियरलाई सिनियर र सिनियरलाई जुनियर भन्ने गरिएको छ । यी सबै विषयहरूमा कमसेकम यो संसद्ले एउटा छानबिन समिति बनाउनुपर्छ ।’
उनले थप भने, ‘एक महिना भित्रमा आफैँ पनि बनाउने भनेर बोल्नुभएको छ । एक महिना किन पर्खिने चाँडै गरिदिए एउटा निकास पनि हुन्छ । तपाईंमा लागेको, गृह मन्त्रालय, भिजिट भिसामा देखिएको समस्याहरूको बारेमा समाधान हुन्छ । गृह प्रशासनसँग सम्बन्धित विकृति, विसङ्गतिलाई पनि अन्त्य गर्न त्यो मोडलबाट जानुपर्छ ।’
सांसद मोदीले भिजिट भिसा प्रकरण मात्र नभई गृह प्रशासनसँग सम्बन्धित विकृति अनुसन्धान गर्न पनि छानबिन समिति बनाउनुपर्ने माग गरे । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण