कोशी सम्पर्क कमिटीका नेतालाई एक वर्षे राजनीतिक प्रशिक्षण
सारांश
- नेकपा एमाले कोशी काठमाडौँ सम्पर्क मञ्चले नेता कार्यकर्तालाई पार्टी, सरकार र समाजका विषयमा प्रशिक्षण दिएको छ। यसले नेता कार्यकर्तालाई आधारभूत ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ।
- प्रशिक्षणमा प्रदीप ज्ञवाली, डा.राजन भट्टराई, डा.पुष्प कँडेल, ईश्वरी रिजाल, प्रा.डा. रमेश भट्टराई र युवराज खतिवडा लगायतका नेताहरूले विभिन्न विषयमा प्रशिक्षण दिएका छन्।
- प्रशिक्षण कार्यक्रममा लालबाबु पण्डितले कोशी प्रदेश सम्पर्क कमिटीको प्रशंसा गर्दै सबै तहका कार्यकर्तालाई राजनीतिक रूपमा प्रशिक्षित गर्नुपर्ने आवश्यकता औंल्याए।
काठमाडौँ । नेकपा एमाले कोशी काठमाडौँ सम्पर्क मञ्चले नेता कार्यकर्तालाई पार्टी,सरकार र समाजका विषयमा आधारभूत ज्ञान दिने उद्देश्यले प्रशिक्षण दिएको छ । प्रदेश र जिल्लाका पदाधिकारी तथा सदस्यहरूलाई अलग अलग विषयहरूमा नियमित प्रशिक्षण सञ्चालन भइरहेको सम्पर्क कमिटीका अध्यक्ष नवराज घिमिरेले जानकारी दिएका हुन् ।
घिमिरेका अनुसार प्रदेश तहका नेता कार्यकर्तालाई १६ वटा विषय र जिल्ला तहका कार्यकर्तालाई ४ वटा विषयमा प्रशिक्षण भइरहेको छ । यो प्रशिक्षण गत वर्ष देखि नियमित सञ्चालन भइरहेको छ । आगामी दुई हप्तामा पहिलो चरणको प्रशिक्षण समापन हुने घिमिरेले जानकारी दिए ।
च्यासलमा हरेक शनिबार करिब तीन घण्टा यो प्रशिक्षण सञ्चालन हुने गरेको छ । घिमिरेका अनुसार प्रदेश तहका पदाधिकारी तथा सदस्यलाई उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले मार्गदर्शन सिद्धान्त मार्क्सवाद र जनताको बहुदलीय जनवाद र ऐतिहासिक भौतिकवाद विषयमा प्रशिक्षण दिएका छन् । स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले नेपालको भूराजनीति र कूटनीतिक सम्बन्ध बारेमा प्रशिक्षण दिनु भएको छ ।
यसैगरी पार्टी लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेलले मार्क्सवादी अर्थशास्त्र र मार्क्सवादी राजनीतिका विषयमा प्रशिक्षण दिएका छन् । यस्तै मार्गदर्शक सिद्धान्त लेनिनवाद र केपी ओली सरकारका काम भ्रम र यथार्थ विषयमा सांसद ईश्वरी रिजालले प्रशिक्षण दिएका छन् ।
समाजको परिचय र विकास क्रमका बारेमा प्रा.डा. रमेश भट्टराई र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्व अर्थमन्त्री युवराज खतिवडाले अर्थतन्त्र र सकारका कामका विषयमा प्रशिक्षण दिएको घिमिरेले जानकारी दिए। यसै गरी प्रचारात्मक कामको महत्त्व र सूचना प्रविधिका विषयमा स्थायी समितिका सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले प्रशिक्षण दिएका छन् ।
प्रदेश सम्पर्क मञ्च अन्तरगतका १४ वटा जिल्लाका पदाधिकारी तथा सदस्यहरूलाई पनि प्रशिक्षण जारी रहेको छ । जसमा मार्क्सवाद लेनिनवाद जनताको बहुदलीय जनवादका विषयमा पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले प्रशिक्षण दिएका छन् ।
केपी ओली सरकारले गरेका काम भ्रम र यथार्थका बारेमा सांसद ईश्वरी रिजालले प्रशिक्षण दिएका छन् । यसै गरी सम्पर्क मञ्च विगत वर्तमान यसका निर्देशिका बारेमा केन्द्रीय कमिटी सदस्य नरेन्द्र श्रेष्ठ र निर्वाचन आयोगका सदस्य कृष्ण आङ्दम्बेले प्रशिक्षण दिएका छन् ।
आजको प्रशिक्षणमा शुभकामना दिन पुगेका पार्टीका स्थायी समिति सदस्य तथा सम्पर्क समन्वय कमिटीका इन्चार्ज लालबाबु पण्डितले कोशी प्रदेश सम्पर्क कमिटीले नियमित पार्टी स्कुल सञ्चालन गरेर अनुकरणीय काम गरेको बताए । उनले पार्टीका सबै तहका कार्यकर्तालाई राजनीतिक रूपमा प्रशिक्षित गर्नु जरुरी रहेको तर विविध कारणले छुटिरहेकाहरूलाई सम्पर्क मञ्च मार्फत विचारको प्रशिक्षण सञ्चालन गरेकोमा धन्यवाद दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण