जेठसम्ममा एक खर्बको खाने तेल निर्यात, कुन तेल कति ?
सारांश
- चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा १ खर्बभन्दा बढीको खाने तेल निर्यात भएको छ।
- निर्यातमा सबैभन्दा धेरै प्रशोधित भटमासको तेल रहेको छ, जसको निर्यात ९३ अर्ब ५२ करोड रुपैयाँ बराबरको छ।
- भारतले तेल आयातमा भन्सार महसुल घटाए पनि नेपाली उद्योगीहरूले प्रतिस्पर्धा गर्न सक्ने बताएका छन्।
काठमाडौँ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा १ खर्बभन्दा बढी मूल्यको खाने तेल निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एक खर्ब ७ अर्ब ६८ करोड रुपैयाँको खाने तेल निर्यात भएको हो ।
यसमध्ये ९३ अर्ब ५२ करोड रुपैयाँ बढीको प्रशोधित भटमासको तेलको निर्यात भएको छ । एक अर्ब ९९ करोड बराबरको पाम तेल, ११ अर्ब ३३ करोड रुपैयाँको सनफ्लावर तेल निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । ८३ करोड बराबरको अन्य तेल निर्यात भएको छ ।
यी कच्चा तेल अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, इराक, चीन, मलेसिया, स्पेन, भियतनाम, थाइल्यान्ड, युक्रेनलगायत देशबाट ल्याएर रिफाइन गरी भारत निर्यात हुँदै आएको छ । २०८१ भदौमा भारतले खाने तेलको आयातमा लाग्ने भन्सार महसुल २० प्रतिशत विन्दुले बढाएको छ । जसकारण अन्य मुलुकबाट भारतमा तेल आयात हुँदा महँगो पर्न थालेको छ ।
नेपाल–भारतको वाणिज्य सन्धिअनुसार नेपालबाट भारत निर्यात हुने तेललाई शून्य भन्सार छ । तर जेठदेखि भारतले तेलमा १० प्रतिशत विन्दुले भन्सार घटाएको छ ।
यद्यपि नेपाली उद्योगीहरूले १० प्रतिशतसम्मको भन्सारमा प्रतिस्पर्धा गर्न सकिने बताएका छन् । जेठको निर्यात तथ्याङ्कमा भन्सार घटेको प्रभाव देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण