नेपालका १० सहरमा मनाइयो ११ औँ अन्तर्राष्ट्रिय योग दिवस
सारांश
- अन्तर्राष्ट्रिय योग दिवस नेपालमा भव्य रूपमा मनाइयो, जसमा भारतीय राजदूतावासले विभिन्न शहरहरूमा कार्यक्रम आयोजना गर्यो।
- काठमाडौं, पोखरा लगायतका स्थानहरूमा योग सत्रहरू आयोजना गरियो, जसमा नेपाली सेनाका कर्मचारी, विद्यार्थी र स्थानीय बासिन्दाको सहभागिता रह्यो।
- पोखरामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री र मेयरको उपस्थिति थियो, जसले योगको महत्व र भारत-नेपाल सम्बन्धबारे प्रकाश पारे।
काठमाडौँ । अन्तर्राष्ट्रिय योग दिवसको ११ औँ संस्करण नेपालमा भव्यरुपमा मनाइएको छ । काठमाडौँस्थित भारतीय राजदूतावास र वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले काठमाडौँ, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगन्ज, हेटौँडा, रौतहट र बरियारपुर लगायत नेपालका १० सहर र नगरपालिकाहरूमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको हो ।
यस वर्षको ‘एक पृथ्वी, एक स्वास्थ्यको लागि योग’ भन्ने विषयवस्तु अनुरूप अन्तर्राष्ट्रिय योग दिवस २०२५ आउन ७५ दिन अगावै भारतीय राजदूतावासले २०८१ चैत्र २५ गते पशुपतिनाथ मन्दिरमा योग प्रदर्शनसहितको एक शुभारम्भ कार्यक्रमको आयोजना गरेको थियो । भारतीय सेनाका पूर्व सैनिकहरूको सक्रिय सहभागितामा अन्तर्राष्ट्रिय योग दिवस २०२५ आउन ५० दिन अगावै भारतीय राजदूतावासले २०८२ वैशाख १९ गते काठमाडौँस्थित ईसीएचएस पोलिक्लिनिकमा योग सत्र सञ्चालन गरेको थियो ।
त्यस्तै २०८२ जेठ १३ गते काठमाडौँको नेपाली सेना मुख्यालय मैदानमा योग सत्र आयोजना गरिएको थियो जसमा नेपाली सेनाका कर्मचारीहरूले सहभागिता जनाएका थिए ।
भारतीय राजदूतावासले काठमाडौँ उपत्यकाका छ वटा युनेस्को विश्व सम्पदा स्थलहरू क्रमशः पशुपतिनाथ मन्दिर (मिति २०८१ चैत्र २५); काठमाडौँ दरबार स्क्वायर (मिति २०८२ जेठ २३); बौद्धनाथ स्तुपा र स्वयम्भूनाथ स्तुपा (मिति २०८२ जेठ २६); चाँगुनारायण मन्दिर (मिति २०८२ जेठ २७) र पाटन दरबार स्क्वायर (मिति २०८२ जेठ ३१) मा योग आसन प्रदर्शन आयोजना गरेको थियो । यी कार्यक्रमहरूमा योगमा अभिरुचि राख्नेहरू र भारतीय डायस्पोराका सदस्यहरूको सक्रिय सहभागिता देखिएको थियो । पाटन दरबार स्क्वायरमा आयोजित योग प्रदर्शनमा नेपाली सेलिब्रेटीहरू, स्थानीय अधिकारीहरू, बासिन्दाहरू र भारतीय समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता थियो ।
त्यस्तै २०८२ जेठ ३० गते काठमाडौँको केन्द्रीय विद्यालयको परिसरमा काठमाडौँका विभिन्न विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा योग सत्र आयोजना गरिएको थियो । परम्परागत भारतीय ज्ञान र समग्र कल्याणमा आधारित सही किसिमको खान्की अँगाल्न विद्यार्थीहरूलाई प्रेरित गर्दै कार्यक्रममा ‘सात्त्विक आहारका फाइदाहरू’ बारे एक अन्तर्दृष्टिपूर्ण व्याख्यानसहितको प्रस्तुति देखाइएको थियो ।
यसका साथै भारतीय राजदूतावासले २०८२ असार १ गते काठमाडौँस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को मुख्यालयमा योग सत्र आयोजना गर्न इसिमोडसँग साझेदारी गरेको थियो । कार्यक्रममा इसिमोड र काठमाडौँस्थित भारतीय राजदूतावासका अधिकारीहरूको उपस्थिति थियो ।
मध्य नेपाल नगरपालिकासँगको सहकार्यमा रमणीय लमजुङ जिल्लामा २०८२ असार ५ गते योग प्रदर्शन आयोजना गरिएको थियो । त्यस्तै भारतीय राजदूतावासले पोखराको तीन प्रमुख स्थलहरूमा योग प्रदर्शनहरू सञ्चालन गरेको थियो: अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यहरूका लागि प्रसिद्ध सराङकोट भ्यु पोइन्ट, पुम्दीकोटस्थित शिव मन्दिर जहाँ आध्यात्मिक शान्तिसँगै मनोरम दृश्यहरू देख्न पाइन्छ र रमणीय अनदु डाँडामा अवस्थित सुन्दर शान्ति स्तूप ।
योगको उत्सवलाई निरन्तरता दिँदै भारतीय राजदूतावासले २०८२ असार ६ गते पोखराको फेवा तालको शान्त किनारमा एक बृहत् स्तरको योग र ध्यान सत्रको आयोजना गरेको थियो । ५०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको उक्त कार्यक्रमले मानव चेतनालाई प्रकृतिसँग जोड्ने योगको गहन क्षमतालाई प्रकाश पारेको थियो ।
२०८२ असार ६ गते भारतीय राजदूतावासले लुम्बिनीस्थित लुम्बिनी विकास कोषमा एक बृहत् स्तरको योग प्रदर्शन आयोजना गर्यो जसमा ५०० भन्दा बढी योगमा अभिरुचि राख्नेहरूको सहभागिता थियो । उक्त कार्यक्रममा लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती र युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी उपस्थिति थिए ।
_id0Tpv1H72.jpg)
भारतीय राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय योग दिवस समारोहको मुख्य आकर्षण पोखरा महानगरपालिकासँगको सहकार्यमा शनिबार पोखराको रंगशालामा आयोजित भव्य योग प्रदर्शन थियो । उक्त कार्यक्रममा त्यस क्षेत्रभरिका ७००० भन्दा बढी योग अभ्यासकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो र साथै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि यसमा सहभागी भएका थिए ।
मुख्यमन्त्री पाण्डेले आफ्नो सम्बोधनमा पोखरामा यति उल्लेखनीय स्तरमा अन्तर्राष्ट्रिय योग दिवस समारोह आयोजना गरेकोमा भारतीय राजदूतावासप्रति आभार व्यक्त गरे । उनले योगले भारत र नेपालबिचको स्थायी र प्रगाढ सांस्कृतिक सम्बन्धको अभिन्न पक्षलाई प्रतिनिधित्व गर्ने कुरामा जोड दिए ।
राजदूत नवीन श्रीवास्तवले दुई राष्ट्रहरूबिच अर्थपूर्ण सांस्कृतिक सेतुको रूपमा योगको भूमिकामा जोड दिनुभयो र नेपालमा योग पर्यटनलाई थप प्रवर्द्धन गर्न यहाँको प्रमुख पर्यटकीय स्थलहरूमा यस्ता कार्यक्रमहरू आयोजना गर्ने सम्भावनामाथि प्रकाश पारे । पोखराका मेयर आचार्यले यस्ता पहलहरू मार्फत पोखरालाई नेपालको पर्यटन केन्द्रको रूपमा स्थापित गर्न राजदूतावासले गरेको सहयोगको लागि आभार व्यक्त गरे।
भारतीय महावाणिज्य दूतावासले जनकपुर, चितवन, वीरगन्ज, हेटौँडा, रौतहट र बरियारपुरमा पनि अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रमहरू आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण