जसपा बैठक : निर्वाचन आयोगमा चलिरहेको विवादबारे छलफल
सारांश
- जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बालकुमारीमा सुरु भयो, प्रवक्ता मनिष सुमनका अनुसार यो बैठक आइतबारसम्म चल्नेछ।
- बैठकमा पार्टीको अधिवेशन सम्पन्न भएका जिल्ला र स्थानीय तहको समीक्षा गरियो, साथै निर्वाचन आयोग र सर्वोच्च अदालतमा चलिरहेको विवादबारे छलफल भयो।
- अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक गतिविधि, अन्य पार्टीसँगको समन्वय र सहकार्यबारे जानकारी गराए, जसमा भाद्र मसान्तसम्म अधिवेशन सक्ने निर्देशिका जारी गरियो।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिवारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिवार सुरु भएको बैठक आइतबारसम्म चल्ने पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिएका हुन् ।
उनले बैठकमा पार्टीको अधिवेशन सम्पन्न भएका जिल्ला र स्थानीय तहको समीक्षा भएको जानकारी दिए । शनिबारको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा चलिरहेको विवादका बारेमा जानकारी गराएको बताए । जनता समाजवादी पार्टी, नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी बनेको छ । सर्वोच्चमा पुगेको विवाद र अन्य पार्टीसँगको समन्वयमा सामान्य चर्चा गरिएको प्रवक्ता सुमनले बताए ।
उनले भने, ‘बैठकमा कार्यकारिणी पदाधिकारीले आआफ्नो जिम्मेवारीको समीक्षा गर्नुभयो । बैठकमा सम्पन्न भएका पार्टीको अधिकांश जिल्ला, वडा, नगरपालिका, गाउँपालिका समितिहरू र शुभेच्छुक संस्थाहरूको अधिवेशनको समीक्षा भयो । सातवटै प्रदेशमा अधिवेशन गर्नका लागि निर्देशिका निकालिएको छ । जसमा भाद्र मसान्तसम्मा सबै अधिवेशन सक्ने गरी निर्देशिका निकालिएको हो । त्यसमा पनि छलफल भयो । आजको बैठकमा निर्वाचन आयोगमा चलिरहेको विवाद, सर्वोच्चमा भइरहेको विवाद र अन्य पार्टीसँगको समन्वय र सहकार्यबारे अध्यक्षज्यूले सामान्य चर्चा गर्नुभयो । बैठक भोलि सकिन्छ ।’
उनले बैठकमा पार्टी अध्यक्षले वर्तमान राजनीतिक गतिविधिसँगै अन्य पार्टीसँगको समन्वय र सहकार्यबारे सामान्य चर्चा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण