नेकोस कप भलिबल : पुलिस र न्यु डाइमण्ड विजयी
सारांश
- हेटौँडामा जारी नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल प्रहरी र टिपटप न्यु डायमन्ड विजयी भए।
- प्रहरीले बागमती प्रदेशलाई र डायमन्डले सशस्त्र प्रहरी बल (एपिएफ)लाई सोझो सेटमा पराजित गरे।
- प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको छ, विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
हेटौँडा । हेटौँडामा शनिबारबाट सुरु भएको नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल प्रहरी र टिपटप न्यु डायमन्ड विजयी भएका छन् । शनिबार सम्पन्न दुई खेलमा पुलिसले बागमती प्रदेशलाई हराएको हो भने दोस्रो खेलमा डायमन्डले सशस्त्र प्रहरी बल (एपिएफ)लाई सोझो सेटमा पराजित गरेको हो ।
पहिलो खेलमा विभागीय पुलिसले बागमतीलाई २५–१, २५–४ र २५–८ को सोझो सेटमा पराजित गरेको थियो भने दोस्रो खेलमा विभागीय टोली एपिएफलाई डाइमण्डले २७–२५, २५–१५ र २५–२२ को सोझो सेटमा पराजित गरेको हो ।
विभागीय २ टिमसहित ७ टोलीको सहभागिता रहेको रहेको छ । प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोट्र्स क्लब, मधेस, गण्डकी र बागमती प्रदेशको सहभागिता रहेको छ ।
विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रो हुनेले एक लाख र चौथो हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार रुपैयाँ पाउनेछ । असार ११ सम्म हुने प्रतियोगिता लिग कम नकआउटको आधारमा आयोजकले जनाएको छ ।
हेटौँडा–४ हुप्रचौरस्थित भलिबल कोर्टमा जारी प्रतियोगिताको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले गरेकी थिइन् ।
प्रतियोगिताको उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले हेटौँडामा भलिबलको लागि स्तरीय कबर्ड हलको आवश्यकता रहेको बताइन् । उनले खेलकुद क्षेत्रको विकासमा हेटौँडा उपमहानगरपालिका सदैव तत्पर रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण