निराशा र स्टन्टवाजीले मुलुकको विकास हुँदैन : ज्ञानेन्द्र कार्की
सारांश
- कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले छिमेकी देशको विकास भए पनि नेपालमा अवस्था नसुध्रिएको गुनासो गरे।
- उनले देशमा विकास किन भएन भन्ने प्रश्न उठिरहेको र यसको कारण खोज्नुपर्ने बताए।
- कार्कीले देश विकासका लागि राजनीतिक स्थिरता, नेतृत्वको इच्छाशक्ति र सबै दलको प्रतिबद्धता आवश्यक रहेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीले छिमेकी मुलुक चीन र भारतमा तीव्र विकास भए पनि नेपालमा व्यवस्था मात्र परिवर्तन भएको अवस्था परिवर्तन नभएको गुनासो आइरहेको बताएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद कार्कीले मुलुकमा केही भएन र म भए मात्र विकास हुन्छ, अर्को हुँदा विकास नै हुँदैन भनेर भाष्य निर्माण गर्नु गलत भएको बताए । उनले देशमा किन विकास भएन भनेर पनि आवाज उठिरहेको बताए ।
‘व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन भन्ने आवाज सर्वत्र उठिरहेको छ’, कार्कीले भने, ‘प्रजातन्त्र आएको करिब ३६ वर्ष हुन लाग्यो । गणतन्त्र आएको करिब १७ वर्ष भयो, संविधान जारी भएको करिब १० वर्ष हुन लाग्यो । अरू देशको विकास हुने अरू देशको विकास हुने हाम्रो देशको किन नहुने ?’ उनले अरू देशले कसरी विकास गरे र हामीले किन गरेनौ भनेर विश्लेषण नगर्ने हो भने निराशा व्यक्त गरेर र स्टन्टवाजीमात्र गरेर मात्र मुलुकको विकास गर्न नसकिने बताए ।
‘मुलुकको विकासका लागि राजनीतिक स्थिरता, नेतृत्वको इच्छाशक्ति, नीतिगत स्थिरता र विकास निर्माणका दीर्घकालीन सोचका साथ योजना अघि बढाउने र सबै दलको प्रतिविद्धताविना देश विकास सम्भव छैन ।’
हाम्रो विकासको मोडलबारे समेत पुनर्विचार र अध्ययन गर्नुपर्ने कार्कीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण