सरकारलाई सांसद शर्माको प्रश्नैप्रश्न
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सरकारले ५ वटा जिल्ला बाहेक अरू जिल्लाका नागरिक नेपाली होइनन् भन्दै प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई प्रश्नै प्रश्न तेर्स्याएका हुन् ।
उनले ५ वटा जिल्लाका मात्र नेपाली नागरिक हुन भन्दै प्रश्न गरे । उनले कर्णाली, मुगुदेखि तराई–पहाडका ५ जिल्ला बाहेक ७२ जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन् ? भन्दै प्रश्न गरे ।
उनले नागरिकलाई खानेपानीदेखि सिँचाइको लागि बोरिङ गाडिदिन पाए हुन्थ्यो भन्ने लाग्दैन ? भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई अलिकति पनि दया नलाग्ने गरेको जिकिर समेत गरे ।
नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन ? प्रश्न गर्दै उनले देशको मन्त्री हो या सानो झुन्डको भन्दै प्रश्न गरे । उनले अब ५ जिल्लाका मान्छेहरूले मात्रै रुख र सूर्यमा भोट हाले पुग्ने हो भन्दै प्रश्न गर्दै अर्को पटक यसरी सदन चलाउन सक्नुहुन्छ भन्दै टिप्पणी गरे ।
उनले आगामी आर्थिक वर्षको बजेटलाई तत्काल संशोधन गरी समन्यायिक बनाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण