प्रधानमन्त्रीले कुलिङ पिरियडमा हठ राख्नुभयो : शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी विधेयकमा हट राखेको बताएका छन् । आइतबार तनहुँमा भएको कार्यक्रममा नेता डा. कोइरालाले अरू दलले एकमतले कुलिङ पिरियड लागु गर्नुपर्छ भन्दा पनि प्रधानमन्त्रीको हठ किन ? भन्दै प्रश्न गरे ।
राज्य व्यवस्था समितिले पास गरेको संसद्मा पठाएको विधेयकलाई प्रधानमन्त्री ओलीको आदेशमा सभामुख देवराज घिमिरेले छलफलमा नल्याएको आरोप कोइरालाको छ ।
‘अरू दलले एकमतले कुलिङ पिरियड लागु गर्नुपर्छ भन्छन् । प्रधानमन्त्रीको हठ किन ? कसको लागि ?’ कोइरालाले प्रश्न गरे , ‘सचिव बनाउने, रिटायर्ड हुने बित्तिकै अख्तियारमा लग्ने, कसैलाई निर्वाचन आयोगमा लैजाने, कसैलाई महालेखामा लग्ने हो भने तिनीहरूले कसको काम गर्लान् ? भनेर हामीले कुलिङ पिरियड राख्न खोजेको हो ।’
अवकाशपछि कुलिङ पिरियड अरू देशमा पनि भएको कोइरालाले बताए । कांग्रेस सरकारमा रहेपनि सत्ता कांग्रेसको पकडमा नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण