यिल्दिजको उत्कृष्ट प्रदर्शनमा युभेन्टस क्लब विश्वकपको नकआउट चरण नजिक
सारांश
- केनान यिल्दिजको उत्कृष्ट गोलमा युभेन्टसले विदादलाई ४-१ ले पराजित गर्यो।
- यिल्दिजले एक आत्मघाती गोल गराए र व्यक्तिगत उत्कृष्ट गोल पनि गरे।
- युभेन्टस क्लब विश्वकपको नकआउट चरण नजिक पुग्यो।
फिलाडेल्फिया । केनान यिल्दिजले फिफा क्लब विश्वकपको अहिलेसम्मकै उत्कृष्ट गोलमध्ये एक गर्दै युभेन्टसलाई मोरोक्कन क्लब विदाद विरुद्ध ४–१ को शानदार जित दिलाएका छन्।
इटालियन क्लब युभेन्टसले खेलको सुरुवातमै अग्रता लिएको थियो । यिल्दिजको प्रहार डिफेन्डर अब्देलमुनाइम बाउटउइलको शरीरमा लागेर गोलकिपर मेहदी बेनाबिदलाई छक्याउँदै जाली चुम्यो। यो आत्मघाती गोलका रूपमा दर्ता भयो।
२० वर्षीय टर्किस फरवार्ड यिल्दिजले आफ्नो व्यक्तिगत उत्कृष्ट गोल १० मिनेटपछि गरे । उनले एन्ड्रिया क्याम्बियासोको पासमा दौडिएर बक्सको छेउबाट पहिलो टचमै जबरजस्त सट हाने र बल सिधै पोष्टको कुनामा पुग्यो।
विदादका लागि थेम्बिनकोसी लोर्चले पहिलो हाफमा नै सान्त्वना गोल फर्काउँदै समर्थकहरूलाई खुसी बनाएका थिए। उनले गोलकिपर मिकेले डि ग्रेगोरियोमाथि चिप गर्दै गोल गरे।
दोस्रो हाफको मध्यतिर यिल्दिजले युभेन्टसका लागि तेस्रो गोल थपे। त्यसपछि इन्जुरी समयमा डुसान भ्लाहोभिचले पेनाल्टीमार्फत चौथो गोल गर्दै टिमलाई ४–१ को जित दिलाए।
यो जितसँगै युभेन्टस क्लब विश्वकपको नकआउट चरणमा पुग्न अब एक कदममात्र टाढा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण