वैवाहिक समारोहमा गोलीकाण्ड: बेहुलीको मृत्यु, बेहुला गम्भीर घाइते
सारांश
- एभिन्योन नजिकैको गाउँ गुल्टमा विवाह समारोहमा मास्क लगाएका आक्रमणकारीले गोली चलाउँदा बेहुलीको मृत्यु भएको छ।
- घटनामा एक आक्रमणकारीको पनि मृत्यु भएको छ भने बेहुला र एक बालक गम्भीर घाइते भएका छन्।
- प्रहरीले फरार आक्रमणकारीको खोजी गरिरहेको छ र फ्रान्सेली सञ्चार माध्यमहरूले घटनालाई लागूऔषधसम्बन्धी पुरानो दुश्मनीसँग जोडेका छन्।
पेरिस । दक्षिण–पूर्वी फ्रान्सको एभिन्योन नजिकको गाउँ गुल्टमा वैवाहिक समारोहमा भएको गोलीकाण्डमा बेहुलीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार मास्क लगाएका आक्रमणकारीहरूले गोली चलाउँदा यो घटना भएको हो।
घटनामा एक आक्रमणकारीको पनि मृत्यु भएको छ भने बेहुला र १३ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घटनापछि फरार भएका अन्य आक्रमणकारीहरूको खोजीमा दर्जनौँ प्रहरी र हेलिकप्टर परिचालन गरिएको छ।
फ्रान्सेली सञ्चार माध्यमहरूले घटनालाई लागूपदार्थ सम्बन्धी पुरानो दुस्मनीसँग जोडिएको हुनसक्ने आशङ्का गरेका छन्। घटनाको अनुसन्धान हत्या र हत्या प्रयासको मुद्दाका रूपमा सुरु गरिएको छ।
स्थानीय समय अनुसार आइतबार बिहान करिब ४:३० बजे बेहुली (२७) र बेहुला (२५) गाउँको सामुदायिक भवनमा सम्पन्न विवाह समारोहबाट निस्किँदै गर्दा आक्रमणकारीहरूले अन्धाधुन्ध गोली प्रहार गरेका थिए।
प्रारम्भिक रिपोर्टहरूमा एक आक्रमणकारीलाई बेहुला–बेहुली सवार कारले ठक्कर दिएको बताइएको थियो। तर, एभिन्योनका अभियोजक फ्लोरेन्स गाल्टिएरका अनुसार ती आक्रमणकारी गोली प्रहार गरेर मारिएका हुन्।
प्रहरीका अनुसार आक्रमणकारीहरू कारमा आएका थिए भने गोलीकाण्डपछि पैदल फरार भएका थिए। घटनाको समयमा हलमा २८ जना उपस्थित थिए। एक महिलालाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण