बाढी र पहिरोका कारण यी सडकमा अवरोध (सूची)
सोमबार, ०९ असार २०८२, ११ : ३२
सारांश
- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुन जेठ १५ गते पूर्वी भू-भागबाट प्रवेश गरी असार ६ गते देशभर फैलिएको थियो।
- कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
- वर्षाका कारण सडक अवरुद्ध भएका छन्, जसमा डोल्पा र जाजरकोटमा सडक पूर्ण रूपमा बन्द छन् भने अन्य ७ स्थानमा एकतर्फी सञ्चालन भइरहेको छ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। नेपालमा यस वर्षको मनसुन प्रणाली जेठ १५ गते देशको पूर्वी भू-भागबाट प्रवेश गरी असार ६ गतेका दिन देशभर फैलिएको छ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
वर्षाका कारण धेरै स्थानमा सडक अवरुद्ध बनेका छन् । नेपाल प्रहरीका अनुसार बाढीका कारण डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका-१ छलघाटमा भेरी कोरिडोर र जाजरकोटको जाजरकोट छेडागाड नगरपालिका-१ चंखिलामा चंखिला सडक पूर्णरुपमा अवरुद्ध छ ।
अन्य ७ स्थानमा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण