बुमराहले बराबरी गरे कपिल देवको रेकर्ड
सारांश
- जसप्रित बुमराहले इंग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए।
- बुमराहको यो टेस्ट क्रिकेटमा १४औं फाइभ-फर हो, जसमा १२ वटा विदेशी भूमिमा छन्।
- यस प्रदर्शनसँगै उनले कपिल देवको कीर्तिमान बराबरी गरे, जसले १२ पटक फाइभ-फर लिएका थिए।
हेडिङ्ले । भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले हेडिङ्लेमा जारी इंग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा शानदार बलिङ प्रदर्शन गरेका छन् । पहिलो इनिङ्समा २४.४ ओभर बलिङ गर्दै बुमराहले ८३ रन खर्चेर ५ विकेट लिए ।
टेस्ट क्रिकेटमा बुमराहको यो १४ औँ फाइभ-फर थियो । यसमध्ये १२ वटा फाइभ–फर विदेशी भूमिमा आएको हो । उनले ६४ इनिङ्समा १९.९५ को औसतले विकेट लिएका छन् ।
योसँगै उनले भारतका महान् खेलाडी कपिल देवको रेकर्ड बराबरी गरेका छन् । कपिल देवले पनि १२ पटक नै यस्तो फाइभ–फर लिएका थिए । १०८ इनिङ्समा ३२.८५ को औसतले विकेट लिएका छन् ।
त्यस्तै, अनिल कुम्ब्लेले १० पटक यस्तो उपलब्धि हात पारेका छन् भने ईशान्त शर्माले ९ पटक विदेशी भूमिमा फाइभ–फर लिएका थिए ।
सन् २०२४–२५ को होम सिजनको अन्त्यपछि भारतीय बलरहरूले ४ पटक फाइभ-फर लिएका छन् । यी सबै बुमराहको नाममा रहेको छ । उनले यसअघि, अस्ट्रेलियामा ३ पटक फाइभ–फर लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण