सरकारले प्लास्टिक झोला नियन्त्रण गर्ने
सारांश
- सरकारले जलवायु परिवर्तन र वातावरण संरक्षणका लागि प्लास्टिक झोला नियन्त्रण कार्ययोजना कार्यान्वयन गर्ने भएको छ।
- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले सांसदहरुको प्रश्नको जवाफ दिँदै कार्ययोजना कार्यान्वयनबारे जानकारी दिए।
- मन्त्री शाहीले वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति प्रक्रियालाई सरल बनाउन नियमावली संशोधन गरिने बताए।
काठमाडौँ । सरकारले जलवायु परिवर्तन तथा वातावरण संरक्षण गर्न प्लास्टिक झोला नियन्त्रण सम्बन्धी कार्य योजना कार्यान्वयन गर्ने भएको छ ।
प्रतिनिधिसभामा प्रस्तुत भएको बजेटमाथिको मन्त्रालयगत छलफलमा रूपमा सांसदहरूले उठाएका प्रश्नको सोमबार जवाफ दिँदै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले यसअघि निर्माण भएका प्लास्टिक झोला सम्बन्धी नियन्त्रण कार्य योजना कार्यान्वयन गर्ने बताएका हुन् ।
विकास र वातावरणलाई सँगसँगै लैजान वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति प्रक्रियालाई सरल बनाउन नियमावली संशोधन गरिने पनि मन्त्री शाहीले बताए ।
उनले कार्बन व्यापारलाई व्यवस्थित गर्न 'कार्बन व्यापार नियमावली' तर्जुमा अन्तिम चरणमा पुर्याइएको जानकारी दिए । जलवायु परिवर्तन तथा वातावरण संरक्षण गर्न अन्तर्राष्ट्रिय जलवायु वित्त र प्रविधिमा नेपालको पहुँच बढाइने योजना मन्त्रालयको रहेको मन्त्री शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण