बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
इरान इजरायल युद्धको प्रभाव

कतारस्थित अमेरिकी बेसमा इरानको आक्रमण सुरु, दोहामा विस्फोटको आवाज सुनियो

सोमबार, ०९ असार २०८२, २२ : ४८
सोमबार, ०९ असार २०८२

तेहारन । तेहरानस्थित सरकारी टेलिभिजनले इरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमाथि सैन्य कारबाही सुरु गरेको जानकारी दिएको छ ।

यसैबिच रोयटर्स र एएफपी समाचार संस्थाहरूले कतारको राजधानी दोहामा विस्फोटको आवाज सुनिएको रिपोर्ट गरेका छन्।

यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामाथि क्षेप्यास्त्र प्रहार गर्न तयारी गरिरहेको सूचना दिएका थिए। हाल दोहाको आकाशमा फ्लेयरहरु देखिएको बताइएको छ । तर ती हवाई सुरक्षासम्बन्धी प्रणालीबाट प्रक्षेपित गरिएको हो कि क्षेप्यास्त्र हुन् भन्ने कुरा पुष्टि भइसकेको छैन।

अमेरिकी अधिकारीहरूले पछिल्लो केही दिनदेखि इरानले अमेरिकी सैन्य प्रतिष्ठानहरूलाई लक्षित गर्न सक्ने भन्दै उच्च तयारी गरिरहेका थिए।

राजधानी दोहाबाट दक्षिणपश्चिममा अवस्थित २४ हेक्टर ९६० एकड० क्षेत्रफलमा फैलिएको अल उदैद एयर बेस अमेरिकी सेनाको सेन्ट्रल कमाण्डको अगुवा मुख्यालय हो।  कमाण्डले पश्चिममा इजिप्टदेखि पूर्वमा कजाखस्तानसम्म फैलिएको विशाल क्षेत्रको अमेरिकी सैन्य कारबाही निर्देशन दिन्छ।

सन् १९९६ मा रक्षा सहकार्य सम्झौता मार्फत स्थापना गरिएको यो बेस मध्यपूर्व क्षेत्रको सबैभन्दा ठुलो अमेरिकी सैन्य अड्डा हो, जहाँ झण्डै १०,००० अमेरिकी सैनिक तैनाथ छन्।

यता, इरानी राष्ट्रपति मासउद पेजेश्कियानले देशले युद्ध सुरु गर्न नचाहेको तर उसमाथि भएको “आक्रमण”लाई चुप लागेर नछोड्ने चेतावनी दिएका छन्।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “हामी आफ्ना जनताको सुरक्षाको पक्षमा उभिन्छौं र इरानको शरीरमाथि लागेको प्रत्येक घाउको जवाफ श्रद्धा, बुद्धिमत्ता र दृढताका साथ दिनेछौँ।”

यसैबीच कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा निलम्बन गरिएको बताएको छ।

कतारको विदेश मन्त्रालयले आफ्नो हवाई क्षेत्रमा अस्थायी रूपमा हवाई यातायात निलम्बन गरिको घोषणा गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप