‘टेक एण्ड पे’ व्यवस्था हटाउने कांग्रेस र एमालेबीच सहमति
सारांश
- सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच बजेटको टेक एण्ड पे व्यवस्था हटाउने सहमति भयो।
- प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलमा सहमति जुटेको हो।
- विद्युत् खरिद सम्बन्धी व्यवस्था हटाउन ऊर्जा उत्पादकहरूको विरोध र दबाब थियो।
काठमडौं। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच बजेटमा ‘टेक एण्ड पे’ व्यवस्थाको हटाउने सहमति भएको छ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीचको छलफलमा यस्तो सहमति भएको थियो।
कांग्रेस सभापति देउवाले प्रधानमन्त्री र अर्थमन्त्रीलाई फोन गरी टेक एण्ड पे व्यवस्था नहटाए विनियजन विधेयक पारित नहुने चेतावनी दिएसँगै प्रधानमन्त्री ओली र देउवा बीच मन्त्रिपरिषद् बैठक अधि छलफलमा यस्तो सहमति भएको स्रोतले बताएको छ।
बजेटमा नदी प्रवाहमा आधारित रहेर सरकारले विद्युत् खरिद गर्ने व्यवस्था राखिएपछि उर्जा उत्पादकहरूले विरोध गरेका थिए ।
उनीहरूले प्रतिपक्ष दल देखि प्रधानमन्त्रीसँग समेत बारम्बार भेटेर उक्त व्यवस्था हटाउन माग गर्दै आएका थिए। सरकारले चारै तिरको दबाब र सत्तारूढ दलको समेत साथ नपाएसँगै बजेट पास गर्नको लागी पनि सहमति गर्न बाध्य भएको देखिन्छ।
दुवै दलबीच माग र खपतको आधारमा पीपीए अघि बढाउने, ऊर्जा विकास मार्गचित्र–२०८१ लाई पूर्ण रूपमा कार्यान्वयन गर्ने गरी अघि बढाउने सहमति भएको स्रोतले बताएको छ ।
उर्जामन्त्री दिपक खड्काले विद्युत् प्राधिकरणसँग राय लिएर अर्थमन्त्रालय लागि उक्त व्यवस्था संशोधनका लागि पत्र पठाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण