कतारमा इरानी मिसाइल प्रहारपछि नेपाली दूतावासले के भन्यो ?
सारांश
- इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेपछि नेपाली दूतावासले नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
- दूतावासले कतारमा रहेका नेपालीहरूलाई शान्तिपूर्ण रहन र कतार सरकारका निर्देशनहरू पालना गर्न अपिल गरेको छ।
- कतारमा रहेका नेपालीहरूलाई आवश्यक परे दूतावासमा सम्पर्क गर्न सकिने र दूतावास सधैँ साथमा रहेको जनाएको छ।
काठमाडौँ । कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि दोहास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
दूतावासले सोमबार राति फेसबुकबाट एक सार्वजनिक सन्देश जारी गर्दै कतारमा रहेका नेपाली हरूलाई हालको परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै शान्तिपूर्ण रूपमा यथास्थानमै रहन अपिल गरेको हो। साथै, दूतावासले कतार सरकारका आधिकारिक सूचना र निर्देशनहरूको पालना गर्न समेत अनुरोध गरेको छ।
राजदूतावासले भनेको छ, 'वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ । कृपया शान्तपूर्वक रहनुहोस् र कतार सरकारको आधिकारिक सूचना तथा निर्देशन पालना गर्नुहोस्।'
सन्देशमा दूतावासले आफू सधैँ त्यहाँ रहेका नेपालीहरूको साथमा रहेको उल्लेख गर्दै आवश्यक परेको खण्डमा सम्पर्क गर्न सकिने समेत स्पष्ट पारेको छ।
कतारमा झण्डै ४ लाख नेपालीहरू विभिन्न पेशा तथा क्षेत्रमा कार्यरत छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण