इजरायलले आक्रमण रोके युद्धविराम गर्न इरान तयार
सारांश
- इरानले इजरायललाई आक्रमण रोके युद्धविरामको प्रस्ताव राखेको छ।
- इरानका विदेशमन्त्रीले इजरायललाई स्थानीय समयअनुसार बिहान ४ बजेसम्म आक्रमण रोक्न समयसीमा दिएका थिए।
- इरानले इजरायलले आक्रमण रोके जवाफी कारबाही रोक्ने जनाएको छ।
काठमाडौँ । इजरायलले आक्रमण रोके युद्धविराम गर्न आफूहरू तयार रहेको इरानले बताएको छ । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले यदि इजरायलले आफ्नो 'अवैध आक्रमण' तत्काल रोकेमा इरानले पनि आफ्नो जवाफी कारबाही रोक्ने उल्लेख गरेका छन्।
उनले यो कुरा सामाजिक सञ्जाल एक्स एक्स मार्फत सार्वजनिक गरेका हुन्। अराघचीले इजरायललाई स्थानीय समयअनुसार बिहान ४ बजेसम्म आक्रमण रोक्न समयसीमा दिएका थिए, जुन समय भर्खरै बितेको छ।
आफ्नो पोस्टमा उनले लेखेका छन्–'इरानले बारम्बार स्पष्ट पारेको छस् युद्धको सुरुवात इजरायलले गरेको हो, इरानले होइन। अहिलेसम्म, कुनै पनि युद्धविराम वा सैन्य कारबाही रोक्ने विषयमा कुनै सहमति भएको छैन। यद्यपि, यदि इजरायली शासनले तेहरान समयअनुसार बिहान ४ बजेभित्र आफ्नो अवैध आक्रमण रोकेको खण्डमा, हामीले त्यसपछि जवाफी कारबाही जारी राख्ने कुनै मनसाय राखेका छैनौँ। हाम्रो सैन्य कारबाही रोक्ने अन्तिम निर्णय पछि लिइनेछ।'
यो भनाइले इरानले स्थितिलाई थप तनावपूर्ण हुनबाट रोक्न चाहेको संकेत दिएको छ, तर अन्तिम निर्णय अझै हुन बाँकी रहेको स्पष्ट पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण