अदालतबाट दोषी ठहर भएका १३ जना फरार प्रतिवादी पक्राउ
मङ्गलबार, १० असार २०८२, १० : ४२
सारांश
- रौतहट प्रहरीले अदालतको फैसलाबाट दोषी ठहर भएका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेहरू लागु औषध, बैंकिङ कसुर, जालसाजी लगायतका मुद्दामा दोषी थिए, जसलाई कैद र जरिवाना तोकिएको थियो।
- फरार प्रतिवादीहरूलाई रौतहट जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा बुझाइएको छ।
रौतहट । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
लागु औषध, बैंकिङ कसुर, जालसाजी, चोरी, ठगी, र कुटपिट अंगभंग जस्ता विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय सुनाइएका उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरी सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक कुमार रायका अनुसार, अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत विशेष प्रहरी टोली खटाएर फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ गरिएको हो।
लामो समयदेखि फरार रहेका उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि रौतहट जिल्ला अदालतमा बुझाइएको छ।
पक्राउ पर्नेहरूमा ३ महिनादेखि २ वर्षसम्म कैद सजाय र रु. २,००० देखि रु. १,००,००० सम्म जरिवाना तोकिएका व्यक्तिहरू छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण