आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
क्रिकेट

एसीसी यू–१६ इस्ट जोन कपः नेपालको लगातार दोस्रो जित

मङ्गलबार, १० असार २०८२, ११ : २४
मङ्गलबार, १० असार २०८२

काठमाडौँ । एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले जापानमाथि ९ विकेटको सहज जित निकालेको छ । 

मंगलबार मलेसियाको जाफर ओभरमा जापानले दिएको ८१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । 

नेपालका लागि शिवान्स बजगाइले सर्वाधिक ३८ रन बनाए । त्यस्तै प्रसिद्ध जैशीले ३३ रन बनाए । 

जापानका लागि कैशी कोबायासी दोगेटले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले ३४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८० रन बनाएको थियो । 

जापानका लागि कप्तान चार्ली हराहिन्जेले सर्वाधिक ३६ रन बनाए । गब्ब हराहिन्जे १३ रन बनाउन बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका लागि शुभम खनालले सर्वाधिक ५ विकेट लिए । त्यस्तै अभय यादवले २ विकेट लिँदा सुशील रावल र कप्तान विपिन शर्माको नाममा एक–एक विकेट रह्यो । 

जितसँगै नेपालले समूह ए मा दुई खेलबाट ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । समूह ए मा नेपालसँगै जापान, सिंगापुर, भुटान र इन्डोनेसिया रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप