चौलानीले कपाल धुँदा के हुन्छ ?
मङ्गलबार, १० असार २०८२, १२ : ०६
सारांश
- चामलको पानी (चौलानी) छाला र कपालको लागि लाभदायक मानिन्छ। यसले कपालको वृद्धिलाई बढाउँछ र बलियो बनाउँछ।
- चौलानीले कपाललाई मोइस्चराइज गर्छ, सुख्खापनबाट बचाउँछ र कपाललाई चम्किलो र नरम बनाउँछ।
- चौलानी बनाउन चामललाई भिजाएर पानी निकाल्नुहोस् र यसलाई कपालमा २० मिनेटसम्म मालिस गर्नुहोस्।
काठमाडौँ । पछिल्ला केही वर्षहरूमा छाला र कपालको हेरचाहमा चामलको पानी अर्थात् चौलानीको प्रयोग गर्ने चलन धेरै बढेको छ ।
चौलानी छाला र कपालको लागि धेरै फाइदाजनक मानिन्छ । यसलाई छाला र कपालमा लगाउनाले धेरै फाइदा हुन्छ भन्ने कुरा हामीले सुन्दै पनि आएका छौँ । आजको यस लेखमा हामी कपालमा चौलानी प्रयोग गर्दा हुने फाइदाहरूबारे कुराकानी गर्नेछौँ । जुन यस प्रकार छन्:
- कपालको वृद्धिको लागि चामलको पानी धेरै फाइदाजनक मानिन्छ । चौलानीले कपाललाई बलियो बनाउँछ । चौलानीमा इनोसिटोल हुन्छ, जुन कपालको गहिराइमा जान्छ, बिस्तारै बिस्तारै कपाललाई सुरक्षा दिन्छ र यसलाई बलियो बनाउँछ ।
- चामलको पानीले तपाईंको कपाललाई मोइस्चराइज गर्छ, सुख्खापनबाट रोक्छ । यसले कपालको बनावटलाई नरम बनाउँछ र घुमाउरो कपाललाई व्यवस्थापन गर्न धेरै सजिलो बनाउँछ । कपालमा चामलको पानी प्रयोग गर्दा कपाल चम्किलो र नरम पनि हुन्छ ।
- चौलानीमा धेरै स्टार्च हुन्छ, जुन कपालमा लगाउन धेरै फाइदाजनक हुन्छ । चामललाई एक दुई पानी पखालेर भिजाएर राख्नुहोस् । तीस मिनेटपछि सो पानीलाई छानेर एउटा भाडामा निकाल्नु होस् । यो पानीलाई एक दिनको लागि त्यत्तिकै रहन दिनुहोस् । यसरी चौलानीलाई राख्दा यसको एन्टिअक्सिडेन्ट स्तर बढ्छ ।
चौलानीले यसरी धुनुस् कपाल
- आफ्नो कपाललाई स्याम्पु र कन्डिसनरले धुनुहोस् ।
- त्यसपछि सफा पानीले कपाल पखाल्नुहोस् ।
- अनि चौलानीलाई आफ्नो कपालमा खन्याउनुहोस् र २० मिनेटसम्म मालिस गर्नुहोस् । अरू १० मिनेटसम्म यसलाई त्यत्तिकै रहन दिनुहोस् अनि राम्रोसँग कपाल धुनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण