मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

यी हुन् उच्चस्तरीय अध्ययन एवं छानबिन समितिका पदाधिकारी

मङ्गलबार, १० असार २०८२, १२ : १०
मङ्गलबार, १० असार २०८२

सारांश

  • सरकारले अध्यागमन र भिजिट भिसा समस्या समाधानका लागि उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ। पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको छ।
  • समितिमा विभिन्न मन्त्रालयका सहसचिवहरू सदस्य रहेका छन्, जसमा अर्थ, कानुन, पर्यटन, परराष्ट्र, र श्रम मन्त्रालयका प्रतिनिधि छन्।
  • गृहमन्त्री रमेश लेखकले समितिको नामावली प्रतिनिधिसभामा जानकारी गराएका हुन्, र गृह मन्त्रालयका सहसचिव सदस्य सचिव छन्।

काठमाडौँ । सरकारले अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति बनाएको जानकारी प्रतिनिधिसभामा गराएको छ । पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा बनाइएको ७ सदस्यीय समितिको नामावली प्रतिनिधिसभामा गृहमन्त्री रमेश लेखकले जानकारी गराएका छन् ।

गृहमन्त्री लेखकका अनुसार वैरागीको संयोजकत्वको समितिमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलवाल, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव अरुणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला सदस्य छन् । 

समितिको सदस्यसचिवमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप