विदेशमा नेपाली दूतावासको फोन नउठेमा सिधै नेपालमा ट्रान्सफर हुने व्यवस्था मिलाइँदै
मङ्गलबार, १० असार २०८२, १२ : ४८
सारांश
- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशस्थित दूतावासको फोन नउठे नेपालमा ट्रान्सफर गर्ने व्यवस्था मिलाउँदै छ।
- मन्त्री शरतसिंह भण्डारीका अनुसार, फोन नउठे केही समयपछि कल नेपालको कल सेन्टरमा स्वतः ट्रान्सफर हुनेछ।
- मन्त्री भण्डारीले श्रम कन्सुलर र सहचारीहरूसँग श्रम सेवाबारे जानकारी लिन चाहनेको संख्या धेरै भएको बताए।
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा रहेका नेपाली दूतावासको फोन नउठेमा सिधै नेपालमा ट्रान्सफर हुने व्यवस्था मिलाउन लागेको जनाएको छ ।
श्रममन्त्री शरतसिंह भण्डारीले विनियोजन विधेयक २०८२ माथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले दूतावासबाट फोन नउठेको खण्डमा निश्चिन्त समयपछि उक्त कल नेपालस्थित कल सेन्टरमा ट्रान्सफर हुने व्यवस्था मिलाउन लागिएको बताएका हुन् ।
‘दूतावासमा फोन उठेन भने निश्चित समय पश्चात् त्यो कल नेपाल स्थित कल सेन्टरमार्फत फरवार्ड हुने व्यवस्था मिलाउन लागिएको जानकारी म यो सम्मानित सांसदलाई दिन चाहन्छु,’ मन्त्री भण्डारीले भने ।
मन्त्रालयबाट विदेशमा खटाइका श्रम कन्सुलर र श्रम सहचारीहरूसँग श्रम तथा कन्सुलर सेवाका लागि ठुलो सङ्ख्यामा व्यक्तिहरूले जानकारी लिन चाहने गरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण