हास्यकलाकार सन्दीप क्षेत्री 'फेस अफ रोयल इनफिल्ड' नियुक्त
काठमाडौँ । हास्यव्यङ्ग्य कलाकार सन्दीप क्षेत्री 'फेस अफ रोयल इनफिल्ड' नियुक्त भएका छन्। अल्फा अटोमोटिभ प्रा.लि.ले एक प्रेस विज्ञप्ति जारी गर्दै क्षेत्रीलाई रोयल इनफिल्ड सो महत्वपूर्ण भूमिकामा नियुक्त गरिएको जानकारी गराएको हो ।
विगत दुई दशकदेखि नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय रहँदै आएका क्षेत्रीलाई कम्पनीले मोटरसाइकलप्रतिको गहिरो लगाव, सादगीपूर्ण जीवनशैली र प्रेरणादायी व्यक्तित्वका कारण 'फेस अफ रोयल इनफिल्ड'को रूपमा रोजेको जनाएको छ।
'हामी सन्दीप क्षेत्रीलाई हार्दिक स्वागत गर्दै उहाँसँगको सहकार्यले नयाँ ऊर्जा, नवीन सोच तथा प्रेरणादायी अभियानहरू लिएर आउने विश्वास व्यक्त गर्दछौं,' रोयल इनफिल्ड नेपालकी मार्केटिङ मेनेजर प्रेक्षा लम्सालले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
यो सहकार्यबाट रोयल इनफिल्डको शैली, परम्परा र भावना अझ प्रभावकारी रूपमा आम नेपालीसमक्ष पुर्याउने कम्पनीको लक्ष्य छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव बेचबिखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य
-
१२ बजे १२ समाचार: सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वानदेखि मन्त्रीहरूको कामभन्दा स्टन्ट बढीसम्म
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण