त्रियुगा नगरपालिकाले ल्यायो १ अर्ब ५३ करोडको बजेट
सारांश
- त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्यो। नगर प्रमुख वसन्त कुमार बस्नेतले कार्यक्रम प्रस्तुत गरे।
- नगरपालिकाले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ। यस अन्तर्गत कफी जोन घोषणा, छात्रवृत्ति, र निःशुल्क स्वास्थ्य सेवा समावेश छन्।
- नगरपालिकाले श्रमिक बीमा, शुक्रबार 'बुक फ्री डे' र विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गर्ने नीति लिएको छ।
उदयपुर । त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाको १५ औँ नगरसभामा नगर प्रमुख वसन्त कुमार बस्नेतले नगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न नगर उपप्रमुख महेश्वरी राईले नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को लागि १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । उप प्रमुख राईले प्रस्तुत गरेको बजेटमा पुँजीगत तर्फ ८८ करोड ९४ लाख ६ हजार २ सय २० रहेको छ भने र चालु तर्फ ६४ करोड ४० लाख ५२ हजार ७ सय ८० रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
नगर प्रमुख बस्नेतले सार्वजनिक गर्नु भएको नीति तथा कार्यक्रममा नगरको कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । कृषिमा पहाडी वडालाई कफी जोन घोषणा र पशु बिमा गर्ने नीति तथा कार्यक्रम तहेको छ । यस्तै उच्च शिक्षा कृषि र पशु सङ्काय पढ्न चाहने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने नीति पालिकाले लिएको छ। स्वास्थ्यमा नगरवासीलाई निःशुल्क आँखा जाँच तथा शल्यक्रिया, निःशुल्क रगत र ज्येष्ठ नागरिक र अपाङ्गहरूलाई घरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र औषधी पुर्याउने नगरपालिकाको नीति तथा कार्यक्रम रहेको छ । नगर प्रमुख बस्नेतले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरपालिका भरिका श्रमिकलाई निःशुल्क श्रमिक बीमा गर्ने नीति रहेको छ ।
यस्तै शिक्षामा नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा नेपाली र अङ्ग्रेजी दुवै माध्यम बाट अध्यापन गराउन पर्ने, एक विद्यालयलाई महिला मैत्री विद्यालय स्थापना गर्ने, विद्यार्थी सङ्ख्याको आधारमा दरबन्दी मिलान र विद्यालय एक अर्कामा गाभ्ने, हप्ताको एक दिन शुक्रबार ’बुक फ्री डे’ घोषणा गरि बालबालिकाको नेतृत्व विकासका लागि रचनात्मक क्रियाकलाप गराउने र उच्च शिक्षा अध्ययन गर्ने विपन्न, सीमान्तकृत असहाय अपाङ्ग र दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति कोष स्थापना गरि अध्ययनमा सहयोग गर्ने नीति तथा कार्यक्रम रहेको नगर प्रमुख बस्नेतले बताए ।
त्रियुगा नगरवासीको सम्मानयुक्त जीवनयापन, असल शासन, पारदर्शिता, जबाफदेहिता, सरल सहज छिटो र प्रभावकारी सेवा प्रवाह, नीतिगत तथा संस्थागत क्षमता विकास, स्रोत साधनको समुचित व्यवस्थापन, सामाजिक रूपान्तरण, समन्वय सहकार्य र साझेदारी लगायतका विषयलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारेको नगर प्रमुख बस्नेतले बताए ।
आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान, उत्पादन तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर आम्दानी र रोजगारी बढ्ने, स्थानीय स्रोत र सीपको अधिकतम प्रयोग, नवप्रवर्तनकारी योजना, मानव अधिकार संरक्षण र शान्ति सुरक्षा विषयलाई समेत नीति तथा कार्यक्रममा समेटिएको नगर प्रमुख बस्नेतले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा रहेको छ ।
लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला, बालबालिका तथा पिछडिएको क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ हुने, दिगो विकास, वातावरणीय संरक्षण तथा सम्वद्र्धनमा सघाउ र मेलमिलापमार्फत जनताको न्यायमा पहुँच पुग्ने गरी कार्यक्रम रहेको उहाँले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण