बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मिस नेपाल २०२५ प्रतियोगिताको लागि आवेदन खुला, भदौ १४ मा फिनाले

मङ्गलबार, १० असार २०८२, १६ : ४७
मङ्गलबार, १० असार २०८२

सारांश

  • द हिडेन ट्रेजरले मिस नेपाल २०२५ को लागि आवेदन खुला गरेको छ, जसमा १८-२७ वर्ष उमेर समूहका युवतीहरूले आवेदन दिन सक्नेछन्।
  • प्रतियोगिताको अन्तिम मिति २०८२ आषाढ २६ गतेसम्म रहेको छ भने फिनाले भदौ १४ गते गोदावरीमा हुनेछ र हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।
  • यस वर्ष मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल कोस्मो विजेता छानिनेछन्, जसमध्ये नेपालले पहिलो पटक मिस कोस्मो इन्टरनेशनलमा भाग लिनेछ।

काठमाडौँ । द हिडेन ट्रेजरले मिस नेपाल २०२५ प्रतियोगिताको लागि आवेदन खुला गरेको छ। 

यसका लागि देश-विदेशमा रहेका इच्छुक युवतीहरूलाई यस प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन आवेदन दिन आह्वान गरिएको छ। आवेदन दिने अन्तिम म्याद २०८२ आषाढ २६ गते सम्म हुनेछ ।

miss nepal (1)

मिस नेपाल २०२५ को भव्य फिनाले भदौ १४ गते शनिबार गोदावरीस्थित सनराइज् कन्भेन्सन सेन्टर मा सम्पन्न हुने तय गरिएको छ । फिनाले कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

मिस नेपाल २०२५ मा सहभागी हुन चाहने उम्मेदवारको लागि न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षको बिचमा हुनुपर्नेछ। आवेदकले नेपाली नागरिकता लिनु अनिवार्य छ। दर्ता निःशुल्क भने रहेको छ ।

miss nepal (5)

यस वर्षको प्रतियोगिताबाट चार विजेता घोषणा गरिनेछ- मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल कोस्मोको लागि छानिने छन् । 

मिस कोस्मो इन्टरनेशनल, जुन एक विश्व प्रसिद्ध प्रतियोगिता हो, यसमा नेपालले पहिलो पटक सहभागिता जनाउनेछ। मिस कोस्मो इन्टरनेशनल तथा वर्तमान मिस कस्मो २०२४ पनि मिस नेपाल २०२५ को फाइनलको समयमा यहाँ उपस्थित रहने अपेक्षा गरिएको छ ।

miss nepal (8)

मिस नेपाल २०२५ को खोजी देशका विभिन्न शहरहरूमा गरिनेछ, जसमा विर्तामोड, नेपालगञ्ज र जनकपुर प्रमुख छन्। यसै अवधिमा काठमाडौंका १० वटा कलेजहरूमा मिस नेपाल एक्टिभेसन क्याम्पेन सञ्चालन गरिनेछ । अन्तिम अडिसन आषाढ २८ गते काठमाडौंमा हुनेछ । छनौट भएका प्रतिस्पर्धीहरूले ग्राण्ड फिनालेको तयारीका लागि ग्रुमिङ तथा विशेष प्रशिक्षण प्राप्त गर्नेछन् । 

यसअघिका विजेताहरूले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सराहनीय प्रदर्शनपश्चात् स्वदेश फर्किएका छन्। मिस नेपाल इन्टरनेशनल २०२४ करुणा रावतले २०२४ नोभेम्बर १२ मा टोकियो जापानमा आयोजित मिस इन्टरनेशनलमा भाग लिइन्। 

miss nepal (11)

मिस नेपाल अर्थ २०२४ सुमना केसीले नोभेम्बर ९ मा मनीला, फिलिपिन्समा सम्पन्न मिस अर्थ प्रतियोगितामा सहभागिता जनाउँदै सस्टेनेबल ड्रेस विधामा उपाधि जितिन्। 

यस्तै, मिस नेपाल वर्ल्ड २०२३ सृच्छा प्रधानले २०२५ मे ३१ मा हैदराबाद, भारतमा सम्पन्न ७२ औँ मिस वर्ल्डमा सहभागी भएकी थिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप