ललितपुर महानगरको विकास खर्च ४२ प्रतिशत मात्रै
सारांश
- ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा जेठ मसान्तसम्म जम्मा ४२ प्रतिशत विकासे खर्च गरेको छ।
- महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दा पुँजीगत खर्च कमजोर देखिएको जनाएको छ।
- चालु खर्चतर्फ ७३ प्रतिशत र पुँजीगत खर्चतर्फ ४२ प्रतिशत खर्च भएको महानगरको प्रतिवेदनमा उल्लेख छ।
ललितपुर । ललितपुर महानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/०८२को विकासे खर्च जेठ मसान्तसम्ममा जम्मा ४२ प्रतिशत मात्रै भएको छ ।
महानगरपालिकाले मंगलबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्ने क्रममा सार्वजनिक गरेको प्रगति प्रतिवेदन अनुसार पुँजीगत खर्च कमजोर देखिएको हो ।
महानगरका अनुसार चालु आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटमा कुल खर्च ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँ रहेकोमा कुल खर्च ३ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ अर्थात् ५३ प्रतिशत मात्रै भएको हो ।
यसमध्ये चालु खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख र पुँजीगत खर्च तर्फ ४ अर्ब ६७ करोड ९४ लाख रुपैयाँ विनियोजन भएको थियो ।
जेठ मसान्तसम्ममा चालु खर्च तर्फ २ अर्ब ३ करोड १९ लाख अर्थात् ७३ प्रतिशत र पुँजीगत खर्च तर्फ १ अर्ब ९४ करोड ६८ लाख अर्थात् ४२ प्रतिशत मात्रै भएको महानगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण