नेपाल-भारत सुरक्षा परामर्श समूहको १६ औँ बैठक सम्पन्न
सारांश
- नेपाल-भारत द्विपक्षीय सुरक्षा परामर्श समूहको १६औँ बैठक भारतको पुणेमा सम्पन्न भयो।
- बैठकमा सुरक्षा र रक्षा सहयोगका विविध विषयमा छलफल भयो, जसमा उपकरण आपूर्ति, तालिम, संयुक्त सैन्य अभ्यास, र विपद् व्यवस्थापन समावेश थिए।
- दुवै देशका प्रतिनिधिमण्डलले रक्षा उपकरण निर्माण उद्योगको अवलोकन गरी सहकार्यको सम्भावना खोजे।
काठमाडौँ । नेपाल-भारत द्विपक्षीय सुरक्षा परामर्श समूह को सोह्रौँ बैठक भारतको पुणेमा सम्पन्न भएको छ। बैठक ९ र १० गते दुई दिन बसेको थियो ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका सहसचिव गहेन्द्र राजभण्डारीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरले गरे। दुवै देशका परराष्ट्र तथा रक्षा मन्त्रालयका साथै नेपाली र भारतीय सेनाका निर्देशकहरूको समेत सहभागिता थियो।
बैठकमा दुवै पक्षले सुरक्षा तथा रक्षा सहयोगसम्बन्धी विविध विषयहरूमा फलदायी छलफल गरेका थिए। छलफलमा उपकरण आपूर्ति, तालिम, संयुक्त सैन्य अभ्यास, विपद् व्यवस्थापन सहयोग र सैनिक आदानप्रदानलगायतका विषयहरू समेटिएका थिए।
साथै, प्रतिनिधिमण्डलले भारतका प्रमुख सार्वजनिक तथा निजी क्षेत्रका रक्षा उपकरण निर्माण उद्योगहरूको अवलोकन समेत गरी परस्पर लाभदायक सहकार्यका सम्भावनाहरूको खोजी गरेको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।
सन् २००३ मा स्थापना गरिएको यो समूह नेपाल-भारतबिचको समग्र सुरक्षा तथा रक्षा सहयोग समन्वय गर्ने प्रमुख संस्थागत संयन्त्र हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः वाग्ले
-
दीपक खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण