माछापुच्छ्रे गाउँपालिकाद्वारा ६८ करोडको बजेट सार्वजनिक
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ६८ करोडको बजेट प्रस्तुत गरेको छ । मंगलबार उपाध्यक्ष सीता अधिकारीले ६७ करोड ९९ लाख ५१ हजार रुपैयाँको बजेट गाउँसभामा सार्वजनिक गरेकी हुन् ।
पूरा बजेटमध्ये सङ्घीय सरकारबाट ५२ करोड ६१ लाख रुपैयाँ अनुदान पाएको छ भने प्रदेश सरकारबाट ३ करोड ४० लाख पाएको छ । पालिकाले २ करोड १४ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको छ । चालू वर्षको बजेटबाट खर्च नभएको ५ करोड ६४ लाख रुपैयाँ नगद मौज्दात अख्तियारी सारिएको छ ।
विनियोजित बजेटमध्ये सशर्त अनुदानतर्फ सबैभन्दा बढी २७ करोड ९६ लाख, पूर्वाधार विकासमा ११ करोड ५० लाख, कार्यालय सञ्चालनमा १० करोड ८० लाख र सामाजिक विकासमा ४ करोड ९४ लाख रुपैयाँ छुट्याइएको छ ।
बजेटले उत्पादनशील रोजगारी, मर्यादित जीवन र सुशासनयुक्त गाउँपालिका निर्माणको लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण