इरानमाथि अमेरिकी आक्रमणले ‘पूर्ण विनाश’ नगरेको अमेरिकी गुप्तचरको मूल्याङ्कन
सारांश
- अमेरिकी सेनाको इरानमा गरेको आक्रमणले देशको परमाणु कार्यक्रमका मुख्य संरचना नष्ट नगरेको प्रारम्भिक मूल्याङ्कन।
- रक्षा मन्त्रालयको गुप्तचर संस्थाले तयार पारेको मूल्याङ्कनले इरानको कार्यक्रम केही महिना पछि धकेलिएको निष्कर्ष।
- ह्वाइट हाउसले मूल्याङ्कनलाई अस्वीकार गर्दै राष्ट्रपति ट्रम्पलाई बदनाम गर्न खोजिएको आरोप लगायो।
वासिङ्टन डिसी । गत सप्ताहान्त अमेरिकी सेनाले इरानका तीनवटा परमाणु स्थलहरूमा गरेको आक्रमणले देशको परमाणु कार्यक्रमका मुख्य संरचना नष्ट नगरेको अमेरिकी गुप्तचरको प्रारम्भिक मूल्याङ्कनले देखाएको छ। यो मूल्याङ्कनले इरानको कार्यक्रमलाई केही महिनासम्ममात्र पछि धकेलेको निष्कर्ष निकालेको छ।
यो मूल्याङ्कन अमेरिकी रक्षा मन्त्रालयअन्तर्गतको गुप्तचर संस्था डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डीआईए) ले तयार पारेको हो। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले आक्रमणपछिको क्षतिको प्रारम्भिक मूल्याङ्कन गरेपछि यो निष्कर्ष निकालिएको हो।
यद्यपि मूल्याङ्कन अझै जारी छ र थप सूचनाका आधारमा परिणामहरू परिवर्तन हुन सक्छन्। तर प्रारम्भिक निष्कर्ष राष्ट्रपति डोनाल्ड ट्रम्पका ती बारम्बार दाबीहरूसँग मेल खाँदैनन्, जसमा उनले आक्रमणले इरानको परमाणु सम्वर्द्धन पूर्वाधारलाई ‘पूर्ण रूपमा ध्वस्त’ पारेको भनेका थिए ।
संयुक्त राज्यका रक्षामन्त्री पिट हेगसेथले आइतवार एक बयानमा भनेका थिए, ‘इरानको परमाणु महत्त्वाकाङ्क्षा पूर्ण रूपमा समाप्त गरिएको छ।’ तर मूल्याङ्कन त्यसको उल्टो सङ्केत गर्छ।
मूल्याङ्कनमा जानकारी भएका दुई स्रोतका अनुसार इरानको संवर्धित युरेनियमको भण्डार नष्ट भएको छैन। एक स्रोतका अनुसार, ‘सेन्ट्रीफ्युजहरू प्रायः जस्ताको तस्तै छन्।’ अर्का एक स्रोतले जानकारी दिएअनुसार आक्रमण हुनु पूर्व संवर्धित युरेनियम अन्यत्र सारिएको थियो।
‘डिफेन्स इन्टेलिजेन्स एजेन्सीको मूल्याङ्कन अनुसार अमेरिका इरानलाई बढीमा केही महिना मात्र पछाडि धकेल्न सफल भयो,’ ती स्रोतले भने।
यस मूल्यांकनको अस्तित्वलाई ह्वाइट हाउसले स्वीकारे पनि त्यससँग असहमति जनाएको छ। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले सीएनएनलाई दिएको वक्तव्यमा भनिन्, ‘यो भनिएको मूल्याङ्कन पूर्ण रूपमा गलत छ । यो ‘टप सिक्रेट’ का रूपमा वर्गीकृत थियो, तर गुप्तचर समुदायका एक गुमनाम र तल्लो तहका असफल व्यक्तिले सीएनएनमा लिक गरेका हुन्। यस्तो लिक राष्ट्रपति ट्रम्पलाई बदनाम गर्न र साहसी पाइलटहरूको पूर्णतया सफल मिसनलाई अपमानित गर्न गरिएको हो। सबैलाई थाहा छ, जब तपाईंले ३०,००० पाउन्डका १४ वटा बमहरू सही स्थानमा खसाल्नुहुन्छ, त्यहाँ पूर्ण विनाश हुन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण