आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिममा प्रदेश स्तरीय यू–१९ महिला क्रिकेट प्रतियोगिता हुने

बुधबार, ११ असार २०८२, ०८ : ५५
बुधबार, ११ असार २०८२

सारांश

  • सुदूरपश्चिम प्रदेशमा यू-१९ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ, जुन असार १२ गतेदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा सुरु हुनेछ।
  • प्रतियोगितामा सुदूरपश्चिमका आठ जिल्लाका टिम सहभागी हुनेछन्, तर बाजुरा जिल्लाको सहभागिता रहने छैन।
  • प्रतियोगिताको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नु र विजेतालाई २ लाख पुरस्कार प्रदान गरिनेछ।

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रदेश स्तरीय यू–१९ महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा उक्त प्रतियोगिता असार १२ गतेदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा सुरु हुने भएको हो।

प्रतियोगितामा सुदूरपश्चिमका आठ वटा जिल्लाका टिमहरूले सहभागिता जनाउनेछन्। बाजुरा जिल्लाको भने सहभागिता छैन। 

विशेष परिस्थितिका कारण चालु आर्थिक वर्षमा प्रतियोगिता आयोजना गरिएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार प्रतियोगिताको उद्देश्य सुदूरपश्चिमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गर्नु हो। 

प्रतियोगितामा विजेता टिमले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमलाई १ लाख, तेस्रोलाई ५० हजार र चौथोलाई पचास हजार पुरस्कार दिइने आयोजकको भनाइ छ । 

त्यसैगरी प्रतियोगिताको ‘म्यान अफ द सिरिज’ ले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। ‘वेस्ट बलर’ र ‘वेस्ट ब्याट्सम्यान’ लाई १५/१५ हजार तथा ‘उदयमान खेलाडी’ लाई १० हजार रुपैयाँ पुरस्कार दिइनेछ। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ को रूपमा २ हजार रुपैयाँ प्रदान गरिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप