भारतबाट ई-रिक्सामा लागु औषध ल्याउँदै गरेका चालक पक्राउ
सारांश
- रौतहट प्रहरीले लागु औषध ओसारपसारमा संलग्न एक ई-रिक्सा चालकलाई पक्राउ गरेको छ।
- भारतबाट लागु औषध खरिद गरी ल्याउँदै गर्दा गौर नगरपालिका-३ मा चालक पक्राउ परे।
- पक्राउ परेका व्यक्ति चन्द्रपुर नगरपालिका-४ का २७ वर्षीय अजय बिक हुन्, र उनीबाट लागु औषध बरामद गरियो।
रौतहट । सीमावर्ती भारतीय बजारबाट लागु औषध खरिद गरी ई-रिक्सामा लुकाएर नेपाल ल्याउँदै गरेका चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर नगरपालिका–३ स्थित बी.पी. चौकमा शङ्का लागि जाँच गर्दा लागु औषध लुकाएर ल्याउँदै गरेको अवस्थामा ना १ ह ७८९३ नम्बरको ई–रिक्सा चालक चन्द्रपुर नगरपालिका–४ निवासी २७ वर्षीय अजय बिकलाई नियन्त्रणमा लिएको हो।
उक्त नम्बरको ई–रिक्सा चलाएर आएका बिकको साथबाट फेनारगन ११० पिस, डाइजापाम ४७ पिस, बुप्रेनर्फिन ११० पिस र कोरेक्स ६३ पिस लागु औषध बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी दीपक कुमार रायले बुधवार बिहान जानकारी दिए ।
बिकलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखी थप अनुसन्धान जारी रहेको उनले बताए ।
पक्राउ गरिएको स्थान बी.पी. चौक जिल्ला प्रहरी कार्यालयबाट करिब १ किलोमिटर पश्चिम उत्तरतर्फ पर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण