विशेष अदालतमा माधव नेपालको बयान सकियो, ‘टी ब्रेक’पछि थुनछेक बहस
सारांश
- अख्तियारले पतञ्जली जग्गा घोटाला मुद्दामा पूर्वप्रधानमन्त्री माधव नेपालको बयान लियो र विशेष अदालतमा उपस्थित गरायो।
- न्यायाधीशहरूको संयुक्त इजलासमा बयान सकिएपछि थुनछेक बहस सुरु भयो, जसमा नेपाल पक्षका १२० जना अधिवक्ताहरूले नाम टिपाए।
- थुनछेक बहस लम्बिएमा नेपाल न्यायिक हिरासतमा बस्नुपर्ने हुनसक्ने र अख्तियारले वरिष्ठ अधिवक्ता सुशील पन्तलाई बहसका लागि नियुक्त गरेको छ।
काठमाडौँ । पतञ्जली जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै बुधबार विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बयान सकिएको छ ।
न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा बयान सकिएको हो । ‘टी ब्रेक’अघि बयान सकिएको र अब केहीबेरमा थुनछेक बहस हुने नेपाल पक्षका एक अधिवक्ताले बताए छ ।
नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोपाकृष्ण घिमिरे, गोविन्द बन्दी,खम्मबहादुर खातीलगायत १२० जनाले बहसका लागि नाम टिपाएका छन् ।
तर, थुनछेक बहस लम्बिएमा आज नेपाल न्यायिक हिरासतमा बस्नुपर्ने हुनसक्ने भएकाले नेपालको तर्फबाट केही कानुन व्यवसायीले मात्रै बहस गर्ने बताइएको छ ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाटबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहितले बहस गर्दै छन् । अख्तियारले पन्तलाई बहसका लागि निजी वकिलका रूपमा नियुक्त गरेको छ । थुनछेक बहस आजै सक्नेगरी तयारी भइरहेको स्रोतको भनाइ छ ।
अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा घोटाला प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण