म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी
सारांश
- स्याङ्जाले म्याग्दीलाई पराजित गर्दै 'म्याग्दी भलिबल कप-२०८२' को उपाधि जित्यो।
- प्रतियोगितामा तनहुँ तेस्रो भयो, जसमा विभिन्न जिल्लाका टोलीको सहभागिता थियो।
- विजेता खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गरियो।
म्याग्दी । आयोजकलाई घरेलु मैदानमा पराजित गर्दै स्याङ्जा जिल्ला खेलकुद विकास समिति रु दुई लाख पुरस्कार राशिको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता ‘म्याग्दी भलिबल कप–२०८२’ को बिजेता बनेको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा म्याग्दी जिल्ला भलिबल सङ्घले आयोजना गरेको प्रतियोगिताको आज बेनीको खुला मञ्च खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुईविरुद्ध तीन सेट आफ्नो पक्षमा पार्दै स्याङ्जा विजयी भएको हो ।
पहिलो सेटमा २५–१७ र तेस्रोमा २६–२४ को अन्तरमा स्याङ्जालाई पराजित गरेको म्याग्दी दोस्रो, चौथो र पाँचौँ सेटमा २५–१९, १६–२५ र १७–१५ को अन्तरमा पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझायो । बागलुङलाई २५–१४, २५–२१ र २५–२३ को सोझो तीन सेटमा पराजित गर्दै तनहुँ तेस्रो भएको प्रतियोगिताको रेफ्री संयोजक टलसिङ थापाले बताए । आइतबारदेखि सुरु भएको प्रतियोगितामा म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा र नवलपुर जिल्लाको सहभागिता थियो ।
विजेताललाई नगद रु दुई लाख, उपविजेतालाई नगद रु एक लाख, तेस्रोलाई नगद रु ५० हजार र चौथोलाई नगद रु २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको म्याग्दी जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर), गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
स्याङ्जाका सञ्जोक परियार उत्कृष्ट खेलाडी, अमित केसी उत्कृष्ट प्रशिक्षक, तनहुँका विवस आले उत्कृष्ट सेटर, म्याग्दीका विष्णु नेपाली उत्कृष्ट सर्भर, धनबहादुर भट्ट उत्कृष्ट स्पाइकर घोषित भए ।
उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु पाँच–पाँच हजार तथा अन्य विधागत उत्कृष्ट खेलाडीलाई जनही नगद रु तीन–तीन हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त वितरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण