सीआईएका प्रमुखको दाबी– इरानको आणविक कार्यक्रम गम्भीर रूपले ध्वस्त
बिहीबार, १२ असार २०८२, ०३ : ४४
सारांश
- अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक जोन र्याटक्लिफले इरानको आणविक कार्यक्रम अमेरिकी हवाई आक्रमणबाट क्षतिग्रस्त भएको दाबी गरे।
- निर्देशक र्याटक्लिफले इरानका केही आणविक केन्द्रहरू नष्ट भएको र ती पुन: निर्माण गर्न वर्षौं लाग्न सक्ने बताए।
- राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो सम्मेलनमा इरानको आणविक कार्यक्रम 'पूर्ण रूपमा समाप्त' भएको दोहोर्याए, तर रिपोर्टहरूले फरक कुरा देखाए।
काठमाडौँ । अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक जोन र्याटक्लिफले इरानको आणविक कार्यक्रम भर्खरैको अमेरिकी हवाई आक्रमणबाट गम्भीर रूपमा क्षतिग्रस्त भएको दाबी गरेका छन्।
उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत लेखेका छन्, ‘हामीसँग नयाँ र विश्वसनीय सूचनाको आधारमा पुष्टि भएको छ कि इरानका केही प्रमुख आणविक केन्द्रहरू नष्ट भएका छन्।’
उनका अनुसार ती केन्द्रहरू फेरि निर्माण गर्न बर्सौँ लाग्न सक्छ।
यस विषयमा प्रतिक्रिया दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो सम्मेलनमा इरानको आणविक कार्यक्रम “पूर्ण रूपमा समाप्त” भएको दोहोर्याएका थिए।
यसअघि व्हाइट हाउसबाट केही गोप्य दस्ताबेज लिक भएपछि एक रिपोर्टमा भने इरानको मुख्य आणविक संरचना पूर्ण रूपमा नष्ट नभएको र केही महिनाभित्र पुनः निर्माण गर्न सकिने समाचारहरू आएका थिए । बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण