भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण
सारांश
- दाङमा २३ जना भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरियो।
- लमही नगरपालिका वडा नं ३ कान्छिगाउँका बासिन्दालाई ८ धुरदेखि १ कट्ठासम्मको जग्गाधनी पुर्जा वितरण गरियो।
- भूमि सम्बन्धी समस्या समाधान आयोगले आगामी समयमा भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गर्ने प्रतिबद्धता जनायो।
बुटवल । दाङमा २३ जना भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले जिल्लामा पहिलो पटक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो ।
जिल्लाको लमही नगरपालिका वडा नं ३ कान्छिगाउँका २३ घरधुरीलाई ८ धुरदेखि एक कट्ठासम्मको बसोबासका लागि जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी, आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, उपप्रमुख लक्ष्मी योगी लगायतले भूमिहीन सुकुम्वासीलाई संयुक्त रूपमा लालपुर्जा हस्तान्तरण गरेका हुन् ।
भूमि समस्या समाधान आयोग जिल्ला समितिको २०८२ साल जेठ ११ गतेको बैठकले भूमिहीन सुकुम्वासीलाई लालपुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो ।
अध्यक्ष रिजालले तोकिएको समय सीमाभित्र भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने प्रतिबद्धता जनाए ।
लमही नगरपालिकाको आयोजनामा, जिल्ला भूमि समस्या समाधान आयोग, संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम र सामाजिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण