इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
सारांश
- इक्वेडरका मोस्ट वान्टेड अपराधी होसे एडोल्फो मासियास पक्राउ परेका छन्, जो 'लस छोनेरोस' गिरोहका नेता हुन्।
- मासियास सन् २०२४ को जनवरीमा जेलबाट भागेका थिए र उनी हत्या तथा लागुपदार्थ तस्करीमा दोषी थिए।
- उनको पक्राउपश्चात, इक्वेडरका राष्ट्रपति नोबोआले उनलाई अमेरिकामा सुपुर्दगी गर्न खोज्दैछन्।
क्वीटो । इक्वेडरका ‘मोस्ट वान्टेड’ अपराधी तथा ‘लस छोनेरोस’ आपराधिक गिरोहका नेता होसे एडोल्फो मासियास बुधबार पक्राउ परेका छन् । ‘फिटो’ नामले चर्चित मासियास पक्राउ परेको राष्ट्रपति डानिएल नोबोआले पुष्टि गरेका हुन्।
मासियास सन् २०२४ को जनवरीमा गुआयाक्विलस्थित कारागारबाट फरार भएका थिए। उनी हत्या र लागुपदार्थ तस्करी अभियोगमा ३४ वर्षको जेल सजाय भोगिरहेका थिए।
उनी फरार भएपछि इक्वेडरमा हिंसाको लहर फैलिएको थियो, जसका कारण राष्ट्रपति नोबोआले देशमा आन्तरिक सशस्त्र द्वन्द्वको घोषणा गरे। उनले ‘लस छोनेरोस’ सहित देशभर सक्रिय २१ आपराधिक गिरोहहरूलाई आतङ्ककारी समूहको रूपमा सूचीकृत गरेका थिए।
सन् २०२४ को फेब्रुअरीमा अमेरिकी डिपार्टमेन्ट अफ ट्रेजरीले लागुपदार्थ तस्करी र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा मासियास र लस छोनेरोस समूहमाथि प्रतिबन्ध लगाएको थियो।
राष्ट्रपति नोबोआका अनुसार इक्वेडर अहिले मासियासलाई अमेरिका प्रत्यर्पण गर्न कार्यरत छ र अमेरिकी अधिकारीहरूको जवाफको प्रतीक्षामा छ।
सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण