अदालत
रास्वपाको महामन्त्रीमा दाबी गर्दै मुकुल ढकालले दायर गरेको रिट न्यायाधीश रेग्मीको इजलासमा
बिहीबार, १२ असार २०८२, १० : ५४
सारांश
- डा. मुकुल ढकालले रास्वपाको महामन्त्रीको रूपमा काम गर्न पाऊँ भन्दै सर्वोच्चमा रिट दायर गरेका छन्।
- रिट निवेदनमा ढकालले आफू महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न माग गरेका छन्।
- सर्वोच्च अदालतले बिहीबार उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दैछ।
काठमाडौँ । डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीकै रूपमा काम गर्न पाउँ भन्दै दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बिहीबार सुनुवाइ गर्दै छ । न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
ढकालले आफू नै राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउँभन्दै रिट निवेदनमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् ।
रिट निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।
बुधबार दायर भएको रिटमाथि सर्वोच्च अदालतले बिहीबार प्रारम्भिक सुनुवाइ गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण