विवादित विषयमा सहमति भएन, सारियो शिक्षा समिति बैठक
सारांश
- निजी विद्यालय व्यवस्थापन, ईसीडी र शिक्षकका मागमा सहमति जुट्न नसक्दा शिक्षा समिति बैठक दुई घण्टा सारियो।
- विधेयक पारित गर्ने समयसीमा नजिकिँदै गर्दा, समितिले विवादित विषयमा सहमति खोज्दैछ।
- शिक्षक महासंघसँगको सहमति अनुसार ऐन जारी गर्ने समयसीमा अझै पूरा हुन सकेको छैन।
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक दुई घण्टा पर सारिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेका लागि सारिएको सभापति अम्मरबहादुर थापाले जानकारी दिए । समितिमा निजी विद्यालयको व्यवस्थापन र सञ्चालनका साथसाथै ईसीडी र शिक्षकका मागको विषयमा सहमति जुट्न सकेको छैन ।
सोही विवादित विषयमा सहमति गर्ने प्रयासस्वरुप बैठक सारिएको बताइएको छ । समितिले असार १३ गतेसम्म विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाउने तयारी गरिरहेको भापति थापाले जानकारी दिए । उनले विधेयकमा बाँकी रहेका केही विषय आज र भोलि बैठक बसेर सक्ने बताए ।
बुधबार दिनभर पनि विधेयकको विवादित विषयमा सहमति जुटाउन परामर्श समन्वय उपसमितिको बैठक बसे पनि सहमति जुट्न सकेको थिएन । नेताहरूले विवादित विषयलाई साँघुरो बनाउँदै लगिएको जानकारी दिएका छन् ।
सरकारले गत वैशाख १७ गते शिक्षक महासंघसँग १५ असारभित्र ऐन जारी गर्ने सहमति गरे पनि अहिलेसम्म समितिले प्रतिनिधिसभामा पठाउन सकेको छैन ।
ऐन माग गर्दै शिक्षकहरूले चैत २० देखि २९ दिनसम्म शैक्षिक हड्ताल गरेर आन्दोलन गरेपछि सरकारसँग बैशाख १७ गते असार १५ गतेभित्र ऐन जारी गर्नेगरी सहमति जुटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण